• बाहुनडाँगी । पदस्थापन भएको साता वित्न नपाउँदै दाङ महिला जेसीज सामाजिक क्षेत्रमा आफ्नो कार्य गर्न सुरु गरेको छ । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य भन्ने जेसीजको आस्थालाई आत्मासाथ गर्दै मंगलवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गएको पुस २८ गते वर्ष २०१९ का लागि नेतृत्व ग्रहण गरेको शाखाले ३ दिनपछि शिविरको आयोजना गरेको हो ।
    माघे सग्रान्तीका दिन लाग्ने बाह्रकुने दहमा लाग्ने माघी मेलामा आउने भक्तजनहरुलाई मध्यनजर गर्दै शाखाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरबाट २ सय जनाले सेवा लिएका छन् । वर्ष २०१९ की अध्यक्ष रेखा शर्माको सभापतित्वमा शिविरमा स्वास्थ्य परिक्षण पछि औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य परिक्षण दाङ नर्सिङ संघकी उपाध्यक्ष लक्ष्मी ढकालले गरेको शिविरमा औषधी जनस्वास्थ्य कार्यालय दाङले सहयोग गरेको हो । स्वास्थ्य शिविरको औचित्य माथि शाखाकी महासचिव अनिता ढकालले स्पष्ट पारेकी थिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…