• बाहुनडाँगी । तुलसीपुर नगर जेसीजले यो जाडो मौसममा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । गरिव अभिभावकहरुका छोराछोरी अध्ययन गर्ने तुलसीपरको महेन्द्र माविमा अध्ययनरत ८३ जना विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको हो । यो पुस माघको जाडोमा न्यानो कपडा पाएपछि यहाँका विद्यार्थीहरुमा बेग्लै खुसीयाली पलाएको छ । आर्थिक अवस्था कमजोर न्यानो कपडा समेत लगाउन नसेकका विद्यार्थीहरुको पढाइमा सहज होस् भन्ने उदेश्यले तुलसीपुर नगर जेसीजले जाडोके न्यानो कपडा वितरण गरेको हो ।
    वर्ष २०१९ का लागि नेतृत्व लिएको एक साता वित्न नपाउँदै समाज सेवामा क्रियाशिल नेपाल जेसीजको मातहतमा रहेको यो शाखाले आफ्नो कार्यलाई सुरुवात गरेको हो । वर्ष २०१८ मा समेत उत्कृष्ट कार्य गरेको यो शाखा नेपाल जेसीजबाट क्षेत्र घ को उत्कृष्ट शाखा अवार्ड समेत प्राप्त गरेको थियो ।
    शाखाका अध्यक्ष मेघराज घिमिरेको सभापतित्व तथा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ५ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा विशेष अतिथि विद्यालयका प्रधानाध्यापक जितबहादुर थापा, तुलसीपुर जेसीजका निवर्तमान अध्यक्ष दिपेश भण्डारी, पूर्व अध्यक्ष झरेन्द्र खरेल, पूर्व अध्यक्ष सूर्यप्रकाश शर्मा, वडा नम्बर १२ का सदस्य मानबहादुर केसीले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक क्षेत्रमा क्रियाशील र समाजमा रहेको युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्ने जेसीजले यो अभियानलाई निरन्तरता दिएर समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शाहले जेसीजले गर्ने हरेक काममा स्थानीय निकायले समेत साथ र सहयोग गर्दै आगामी दिन अझ प्रभावकारी रुपमा काम गर्ने बताए । कोषाध्यक्ष वसन्त भण्डारीले आस्थावाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव मोहन सुनारले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…