बाहुनडाँगी । कमलनगर जेसीज वर्ष २०१९ को अध्यक्षमा शेखर न्यौपाने निर्वाचित भएका छन् । शाखाको तेस्रो अधिवेशनले न्यौपानेलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा छत्रपति खनाल नारायण बस्नेत, उपाध्यक्षहरुमा घनश्याम गुरगाई, सन्तोष कडरिया, प्रेम सापकोटा र तिलचन्द्र अधिकारी निर्वाचित भएका शाखा अध्यक्ष केदार कटुवालले बताए । कटुवालका अनुसार बाँकी रहेका पदहरुमा शाखाको पदस्थापन समारोहमा मनोनित गरिनेछ ।