• रतुवामाई । यहि माघ १६ गते शहिद दिवशको अवसरमा आरम्भ नाट्य डबली रतुवामाईले रतुवामाई नगरपालिका र उर्लाबारी नगरपालिकाका विद्यालय हरु बिच मा.वि तहका विद्यार्थीहरु लाई समेटेर प्रतियोगितात्मक वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगीतात्मक कार्यक्रममा सहभागिहरुले सहिदहरुको योगदान र हाम्रो दायित्व भन्ने शिर्षकमा आफ्ना भनाईहरु प्रस्तुत गर्नुपर्ने छ । रतुवामाई १० सोमबारे बजारमा हुने उक्त कार्यक्रममा आरम्भ नाट्य डबली रतुवामाईको शहिदहरु सम्बन्धि विशेष नाटक मञ्चन साथै कविहरुबाट कविता वाचन नृत्यका कार्यक्रम जस्ता विविध कार्यक्रम राखिएको कार्यक्रम संयोजक प्रेम भण्डारीले बताएका छन । कार्यक्रम विहान ११ बजेबाट सुरु हुने र कार्यक्रमका लागि विद्यालयहरुलाई पत्रचार गर्ने काम भईरहेको कुरा सह सचिव हरि नेपालले जानकारी दिए । कला र साहित्यको उजागर साथै विद्यार्थीहरुको व्याक्तित्व विकाशका लागि उक्त कार्यक्रमको आयोजना गरीएको र उक्त कार्यक्रममा २२ वटा विद्यालयलाई पत्रचार गरिने कुरा अध्यक्ष समिर सुवेदीले जानकारि दिनुभएको छ ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…