बाहुनडाँगी । काभ्रे जेसीजको ४२ औं वार्षिक साधारण सभा तथा ३२ औं शाखा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०१९ का लागि विजेश मुल्मीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
कार्यकारिणी उपाध्यक्षमा कृष्णकुमार मानन्धर र सुबास बैद्य, उपाध्यक्षहरुमा संजिप मानन्धर, सुमित मानन्धर, सुरेन्द्र सुद्धाकार, शिवराम घिमिरे र सहचिवमा कृष्णकुमार श्रेष्ठ निर्वाचति भएका छन् ।
यसैगरी नव निर्वाचित अध्यक्ष मुल्मीले महासचिवमा रिकेश श्रेष्ठ र कोषाध्यक्षमा राजेश रंजितलाई चयन गरेका शाखा अध्यक्ष उमेश मानन्धरले बताए ।
शाखाका संस्थापक एवं पूर्व अध्यक्ष महेन्द्रनाथ कर्माचार्यको प्रमुख आतिथ्यतामा एवं वर्ष २०१८ का अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा कार्यक्रमको स्वागत उपाध्यक्ष सुवास वैद्यले स्वागत गरेका थिए ।