बाहुनडाँगी । नेपाल विद्यार्थी संघ झापाले अग्नी पीडितलाई राहत वितरण गरेको छ ।
मेचीनगर ४ बाहुनडाँगीका अग्नी पीडित पटुड माझीलाई राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा नेवि संघ झापाका सभापति भुवन बुढाथोकी, पूर्व जिल्ला अध्यक्ष नारायण गिरी, उपसभापति निरज दुलाल, सहसचिव प्रकाश खड्का, जिल्ला सदस्यहरु कौशल उप्रेती, त्रिदेव क्याम्पसका उपसभापति आइतहाङ लिम्बू, काँकरभिट्टादक्याम्पसका सभापति भरत चम्लगाई, मेची क्याम्पसका युमन कोइरालाले अग्नी पीडीतको घरमा पुगेर २ बन्डल टिन, ५ बोरा सिमेन्ट हस्तान्रण गरेका हुन् ।