बाहुनडाँगी, ३ माघ । सिद्धार्थ जेसीज वर्ष २०१९ को अध्यक्षमा राकेश गुरुङ निर्वाचित भएका छन् । बुधवार सम्पन्न शाखाको अधिवेशनबाट गुरुङलाई अध्यक्षमा चयन गरिएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा दिपक काफ्ले र विकास नारायण श्रेष्ठ, उपाध्यक्षहरुमा गौरब जङ्ग कोइराला, गोपाल भण्डारी, माधव शर्मा र पंकज यादव, निर्देशकमा नरेन्द्र बन्जाडे, सतिष थैव, दिपक अधिकारी चयन भएका शाखाका वर्ष २०१८ का अध्यक्ष कमल भण्डारीले बताए । शाखा अध्यक्ष भण्डारीको सभापतत्विमा सम्पन्न अधिवेशनको प्रमुख आतिथिमा प्रदेश नम्बर ५ ा सांसद तथा प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेल, निर्वाचन आयुक्त डाक्टर शम्भुकुमार गुप्ता, केबी पौडेल, सुशिल गुरुङलगायतले शुभकामना दिएका थिए ।