बाहुनडँगी । मनोहरा जेसिस मार्फत संचालित संसदिय वैठक प्रणाली तालिम शनिबार शुङगाभा पार्टि प्यालेस गोकर्णामा सम्पन्न भएको छ।
सन् २०१९को अध्यक्षको जिम्मेवारी सम्हालेकी मनोहरा जेसिसकी रजनी थापाले आगामि कार्यक्रमहरू र एजेण्डाबारे प्रष्टपार्दै जानकारी गाराएकि थिन ।
करिब तिन घन्टाको समय सम्म मनोहरा जेसिसका निवर्तमान अध्यक्ष सागर भट्टले २६ भन्दा बढि सदस्यहरूलाइ तालिम दिएका थिए ।
उत्त तालिमा वैठक भनेको केहो , वैठक किन र वैठकको किसिम लगाएतको विषयमा उल्लेख गर्दै सबैलाइ ध्यान केन्द्रित गराइएको थियो भने तालिम पश्चात सम्पुर्ण जेसिस सदस्यहरुलाई सम्मान साथै सर्टिफिकेट पनि प्रदान गरिएको थियो । शाखा अध्यक्ष रजनी थापाको सभापतित्वमा सम्पन्न तालिममा सहभागिलाई नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष मोहन डाँगीले प्रमाण पत्र प्रदान गरेका थिए ।