• बाहुनडाँगी, ६ माघ । विराटनगर जेसीजले यही माघ ५ गते शनिवार दिगो विकास लक्ष्यको अन्तर्गतका १७ लक्ष्यमध्ये १३ नं. को
    “जलवायु परिवर्तन” सम्वन्धी सचेतना स्वरुप वर्षको पहिलो पदाधिकारी वैठक “कागजको प्रयोग कम गरौ,रुख वचाउ र जलवायु परिवर्तनमा न्युनिकरण” गरौ भन्ने नाराको साथ कागज विहिन नमुना वैठक संचालन गरेको छ ।
    आज विश्व स्मार्ट संसारमा परिणत हुदा अब देशभरका जेसीजहरु पनि प्रविधी मैत्री बन्नुपर्छ भन्ने अभिभाराका साथ पेपरलेस बैठक संचालन गरिएकोमा पदाधिकारीहरुलाई ल्यापटप सहित उपस्थित गराई माइन्युट बाहेक केही पनि कागज प्रयोग नगरिएको वर्ष २०१९ का अध्यक्ष सेवक बजगाईले बताउनु भयो । त्यसैगरी विराटनगर जेसीजले आफ्नो शाखा पदाधिकारी तालीम पनि सु–सम्पन्न गरेको छ ।
    नेपाल जेसीजका पूर्व राष्ट्रीय अध्यक्ष फुल कुमार लालवाणीको प्रमुख प्रशिक्षणमा सम्पन्न सो तालीममा पुर्व अध्यक्षहरु घनश्याम राठी, टिकाराज ढकाल, पुर्ण प्रसाद ढकाल, सुरेस लाल श्रेष्ठ , देवेस प्रधान तथा रोशन कुमार धौभडेल लगायतले आफ्नो धारणा राखेका थिए ।
    विराटनगर जेसीजले यस वर्ष पछि नेपालमै पोखरा जेसीज पछि दोश्रो पदस्थापना कार्यक्रम गरेको थियो भने वर्ष २०१९ का लागि ५१ जनाको सदस्यता शुल्क नेपाल जेसीजमा बुझाएको जानकारी संस्थाका महासचिव प्रितेश राज दाहाल दिएका थिए । नेपाल जेसीजमा लामो इतिहास बोकेको विराटनगर जेसीजबाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष, अन्तराष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पाइसकेको छ भने वर्ष २०१८ मा राष्ट्रिय उपाध्यक्ष वर्ष २०१९ मा श्यामसुन्दर पौडेल (मिलन) लाई कार्यकारीणी उपाध्यक्षमा पाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…