• बाहुनडाँगी । चन्द्रनिगाहपुर सिटी जेसिजको पाचौं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शाखा अध्यक्ष अनन्तकुमार अधिकारीको सभापतित्व तथा रौतहट क्षेत्र न. ४ का प्रतिनिधी सभा सदस्य देव प्रसाद तिमल्स्निाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विषेश अथिति रौतहट क्षेत्र न.ं ४ क का प्रदेश सभा सदस्य धनलाल ठाकुर, नेपाल जेसिजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष क्षेत्र ख निरुपीत रमेश चन्द्र भुसाल, अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष क्षेत्र ख निरुपीत कृष्ण प्रसाद अर्याल, मातृशाखा अध्यक्ष शेखर चौधरी, शाखाका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठ, निर्वाचन अधिकृत मधु सुदन धिताललगायतले बोलेका थिए ।
    समारोहमा चन्द्रनिगाहपुर सिटी जेसिजका बर्ष २०१८ का अध्यक्ष ः अनन्त कुमार अधिकारीले वर्ष २०१९ का अधयक्ष निर्मल भण्डारीलाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए ।
    शाखाको कार्यकारिणी उपाध्यक्षमा गोपाल तिमिल्सिना र अवधेश हरी भट्राई उपाध्यक्षहरुमा लोकेन्द्र खडका , देवराज न्यौपाने, दिवाकर सापकोटा र रवि घिमिरे निर्वाचित भएका थिए । नव निर्वाचित अध्यक्ष भण्डारीले महासचिवमा दिलीप सापकोटा, कानुनी सल्लाहकार सुमन गौतम, कोषाध्याक्षमा रेणुका जिसी खतिवडा, प्रकरण निर्देशक बिकी थापा, सदस्य बृद्धि संयोजक उज्ज्वल रिजाल, तालिम संयोजक राजन श्रेष्ठ, शाखा सम्पादक सुबोध कोईराला, अतिथी सत्कार संयोजक जानुका कार्की सापकोटा, संघ संस्था समन्वय संयोजक दिनेश मैनाली, आईटी संयोजक जितेन्द्र रौनियार, सचिवमा चिरन्जिवी गौतम, कोष बृद्धि संयोजक रवि जयसवाल, मिडिया संयोजक फणी देव महतलाई मनोनित गरेका थिए ।
    कार्यक्रम संयोजक अध्यक्ष गोपाल तिमिल्सिनाको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिले बिधीको शासनमा रही जसरी जेसिजले युवा हरुको ब्यक्तित्व बिकास गर्दै सक्षम नागरीक तयार गर्ने कार्य गर्ने कार्य गरिरहेको छ र सहजै रुपमा पदहस्तान्तरण गर्ने गर्दछ यो सबै क्षेत्रमा शुरु गर्न सके देश बिकासमा टेवा पुग्न सक्ने साथै जेसिजका युवाहरुले अव सकारात्मक हस्तक्षेप गर्नु पर्ने समय आएको बताउनु भयो ।




सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…