• उर्लाबारी । समृद्घ समाज निर्माणका लागि रुपान्तरण भन्ने नाराका साथ आयोजित मिस धिमाल २०१९ को विशेष प्रशिक्षण सुरु भएको छ ।

    धिमाल परियोजना स्थल, मंगलबारेमा आइतबार परिचयात्मक तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण आयोजना गरि विशेष प्रशिक्षणको औपचारिक रुपमा सुभारम्भ गरिएको हो । पहिलो दिन सामाजिक अभियन्ता रुद्र तामाङले सहजीकरण गर्नु भएको थियो । छनौट भएका प्रतियोगीहरुलाई माघ ७ गते देखि उर्लाबारी स्थित सेन्टरल फेसन हबको सभा हलमा एक महिना सम्म प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई नेतृत्व विकास, पत्रकारिता, फोटोसुट, धिमाल इतिहासका बारेमा जानकारी, फिजिकल फिटनेस, सौन्दर्य श्रृङ्गार लगायत बारेमा प्रशिक्षण दिइनेछ । कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रिय अध्यक्ष तेज बहादुर धिमालको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्ट अतिथिका रुपमा धिमाल जातीय विकास केन्द्रका पूर्व अध्यक्ष नगेन्द्र बहादुर धिमाल र संस्थापक सचिव मोहन कुमार धिमाल रहनु भएको थियो ।


    त्यस्तै अतिथिहरुमा धिमाल जातिय विकास केन्द्रका उपाध्यक्ष वर्तबहादुर धिमाल, सचिवालय सदस्यद्वय कुमार धिमाल, कविन्द्रराज धिमाल, केन्द्रिय सदस्य रामप्रसाद धिमाल (बाङ्गाई), पुर्व केन्द्रीय सदस्य लक्ष्मीनारायण धिमाल, मातृका धिमाल, झापा जिल्ला अध्यक्ष नेत्रकुमारी धिमाल, कोरीयोग्राफर प्रमिशा बज्राचार्य, जिवन चिमरिया लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको बक्ताहरुले धिमाल समुदाय भित्र रहेको धिमाल युवतिहरुको प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रम संयोजक सुनिल धिमालको सभापतित्वमा भएको कार्यक्रम सचिव मणिराज धिमालले संचालन गर्नु भएको थियो ।



    मिस धिमालको विजेताले नगद १ लाख रुपैयाँ, फस्ट रनर अपले ५० हजार र सेकेन्ड रनर अपले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, पब्लिक च्वाइस, मिस फोटोजेनिक, मिस क्याटवक, मिस एक्टिभ, मल्टिमिडीया अवार्ड लगायतको विधा समेत छनौट गरि नगद सहितको पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव मनिराज धिमालले जानकारी दिनुभयो । मिस धिमालको फाइनल फागुन पहिलो साता मोरङको उर्लाबारीमा हुने र प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…