• तेजन खड्का
    उर्लाबारी मंसिर ५ गते ।  आठ महिना अघि रोजगारका लागि कतारमा गएका टाँडी ४ का मोरङका २६ बर्षीय शुक्रराज लाबतिको मृत्यु भएको छ ।
    ड्युटीबाट काम गरेर फर्किपछि सुतेका लिम्बू राति १२ बजे छट्पटाई रहेको अबस्थामा साथीभाईले फेला पारेका थिए । लावतीलाई उपचार गर्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कतारबाट उनका साथी ललित लिम्बूले जानकारी टेलिफोन मार्फत जानकारी गराए । उनले भने, हृदयघात को कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । खास के हो स्वास्थ्य रिपोर्टपछि जानकारी हुन्छ ।

    विदेशमा गएर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर गएका शुक्रराजको सपना टुटेको छ भने उनका परिवार यतिवेला छोराको यादमा छटपटाई रहेका छन् । ६ महिना अघि घरबाट बिदाई गरेर विदेश कमाउन पठाएको छोराको हिजो मृत्युको खबर सुन्नुपर्यो,बाबु पूर्णबहादुरले भने, काम गाह्रो छु बुवा फर्किन्छु भन्दै थियो,अहिले यो मृत्युको खबरले के गर्ने कसो गर्ने पीडा थपिएको छ ।
    बाबु पूर्णबहादुरले आफ्नो छोराको शव घर फकाईदिएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । म बुढो मान्छे के गर्ने कसो गर्ने हेक्का छैन्, ६५ बर्षीय पूर्णबहादुरले भने, छोरालाई यादले केहि गर्र्न सकिरहेको छैन् ।

    यतिबेला मृतकका परिवार जिउदैं मरेतुल्य भएका छन् । पढाई अब्बल शुक्रराज घरको समस्याले उर्लाबारीको एक मेनपावरबाट विदेश भासिएका थिए । उनको निधनले यतिबेला गाउँ शोकमा डुबेको छ । उनको शब स्वदेश ल्याउन स्थानीय स्तरबाट पनि पहल कदमि भईरहेको टाँडी युवा क्लबका अध्यक्ष महेन्द्र थेगिमले बताउनुभयो ।

    आर्थिक उर्पाजन गर्न मिठो सपना बोकेर दैनिक रुपमा विदेश भासिने क्रम बढ्दो छ । त्यो सँगै पलायन हुने युवा मध्ये दैनिक सरदर चार वटा मृतक शरिर नेपाल आउने गरेको छ ।
    यसअघि उर्लाबारी ९ दुर्गापुरीका दीपक लिम्बूको पनि कतारमा बिल्डीङबाट लडेर मृत्यु भएको थियो ।

     

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…