• चट्टान ,गुलेली अनि मट्याङ्रा

    त्यही चट्टान हो त्यो
    जहाँ हिजो पनि तिमीले
    तिम्रो हातको गुलेलीको तादोमा
    मट्याङ्रा चडाइ फोर्न खोज्दा
    तिम्रा मट्य्याङ्रा
    धुजा धुजा बन्दै बहेको आधिवेहोरीले उडाइ
    क्षितिज पारी पुर्याइ दिएको थियो
    हो यो त्यही चट्टान हो
    जसलाई पुन: तिमी

    तिमी सग बचेखुचेका
    मट्याङ्रा प्रहार गरी गरि
    फोर्न प्रायसरत छौ
    अरे मूर्ख
    थाहा छ त
    अटल चट्टान
    तिम्रा मट्याङ्राले फोरिन्न भन्ने
    अनी अझै त्यो सङ्ग्रालयको
    गुलेली निकाली निकाली
    किन समय बर्वाद गर्दै छौ हं ?
    कहिले छुद्र शब्द बाण प्रयोग गरी

    कहिले अनेकौ जाल र झेल गरी
    चट्टान फोडी नदी
    कहिलै बगेको देखेका छौ ?
    हो उ त्यही चट्टान हो
    जहाँ
    नदी समेत कि नारा लागी
    बहने गर्दछ ।
    हेर राम्ररी हेर
    आफ्नो मोतिया बिन्दुलागेको
    आखा
    सल्यकृया गरी कन हेर
    त्यो महान चट्टान कसरी खडा छ
    तस्बिर हेर
    बिहानै को अस्त प्रकाश
    को चितामा दागबती दिदै
    त्यही चिताको
    लप्का बाट लाखौ प्रकाश को प्रतिबिम्ब
    आखा अगाडी नै हेर्दै
    अटल छ त्यो चट्टान
    अजर छ त्यो चट्टान
    अमर छ त्यो चट्टान
    अनी तिमी चै
    पुन:शब्द रुपी मट्याङ्रा
    प्रहार गरी गरी
    चट्टान फोर्ने
    असफल प्रायस मा छौ है ?
    तिम्रा ति शब्द रुपी मट्याङ्रा
    त्यो चट्टान सम्म पुग्न नपाइ
    धुजा धुजा बनाइ
    निस्तेज पार्ने
    लाखौ प्रकाश त्यही चट्टान वरिपरी छन
    जसरी रानो माहुरी मा माहुरी झुम्मी झुम्मी कन रहन्छन

    -गुरुप्रसाद (घमण्डी मान्छे )
    प्रवास यु ए इ
    ५ मंसिर,सोमबार २०७४

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…