• ०५ मंसिर,सोमबार -२०७४

    १० मङ्सिरले अब ५ दिन पनि कुर्नुपर्ने छैन
    प्रदेश संरचना विस्तारको कार्य अब रोक्किने छैन
    सबैलाई अवगत भएकै कुरा ,प्रदेश सभा निर्वाचनको पहिलो चरणको निर्वाचनको कुरा,अब १२० घण्टामा बज्न थाल्ने छन टिभी र रेडियोले प्रदेश सभाका परिणामका कुरा भने साथमा निर्वाचन बिथोल्न पड्किरहेका बम र गोलाका कुरा,अश्रु ग्यास र टाइट सेक्युरिटीका कुरा त कतकतै मुठभेडमा जनताका छोराछोरीले लाठी खाएका समाचार र रक्तिम चोटका तस्वीरहरु।

    मुलुक यतिबेला नयाँ राज्य विस्तारसंगै नया पार्टी निर्माण र स्थायी सत्ताको उध्घाटन र स्थिर राजनितिक राज्यव्यवस्थाको परिकल्पनामा समाजवादको उध्घोस गर्दै बाम एकताको मोड लिदैछ। राजनितीक गति अपत्यारिलो तवरले अघि बढ्दै गर्दा उनै अध्यक्ष कमरेड प्रचण्डको पुत्र शोकले यतिबेला मुलुकको राजनितीको गतिमा धमिलोपन देखा परेको छ भने सम्हालिन कठिन अवस्थालाई अध्यक्ष ज्यु ले १० वर्षे जनयुद्दको घाउ समान सम्झिदै बलियो मुटु बनाएर सम्हालिदिनुले हामी र हाम्रा आशाहरु मजबुत हुन पाएका छन।हामिले स्थिर मतदाता जन्माउन नसक्नुको विडम्बनाका बाबजुद प्रचण्डले अस्थिर राजनितिलाई स्थिर निकास दिन खोज्दा क.प्रचण्ड विरोधी र स्थिर राज्यसत्ताका विरोधीहरुको अवरोध पनि त्यतिकै बढिरहेका छन।रुदारुदै हासेका प्रचण्ड फेरि एकचोटी रुन पुगेका छन।देशको राजनितीक अवस्था पनि त्यस्तै छ हामी हास्दै हास्दै रुन विवश भयौं र रुदारुदै हास्ने बेलामा एक पटक नेपाली राजनिती फेरि पनि रोएको छ।पार्टीका हस्तिहरु पोस्टबहादुर बोगटी,चाचा,प्रकाश लगायत धेरै योद्दाहरु अल्पायुमा नै ढलिसकेका छन,एकपछी अर्को चोटले हाम्रो कम्युनिष्ट शक्ति शोकमा डुब्दै शोकलाई शक्तिमा बदल्ने उध्घोष गरिरहेको सबैलाई विदितै छ।देशभक्त र क्रान्तिका हिमायतीहरुले समर्थनका मुठ्ठीहरु कस्दै अबको नेपालको राजनितिक यात्रा समृद्धि र समाजवाद तर्फ तर्जुमा गर्दै ऐतिहासिक घटनाक्रम हेरफेर हुदा हाम्रो राजनितिले झिनामसिना र मझौला या ठुला दुर्घटनाहरु बेहोर्दै अघि बढिरहेको सन्दर्भमा हाम्रा मन र मुटुहरुको एकता र समर्थन समृद्द नेपाल र समजवादको परिकल्पनामा सम्भव हुनेछ कि भन्ने नजर अन्दाज गर्दछु।

    हामिले धेरै क्षती सहन गर्दै ल्याएको व्यावस्था जुनसुकै नामधारी होस,त्यो व्यवस्था नै आम जनताको समृद्दी र व्यवस्थित व्यावस्थाको उपज बनोस भनेर हामिले हाम्रा तिक्तताहरुलाई अन्त्य गर्नुको अर्को विकल्प छ त भनेर प्रश्न गर्न मन लाग्छ?हामिमा नेपालीपन र हाम्रो गरिमाको मनन गर्ने क्षमता र चेतनाको विकास नभए सम्म हाम्रो न त वैचारिकताको विकास हुन पाउछ,न त देशको न त समृद्दिको ।हामिले समर्थन समेत जनाउन सक्दैनौ र हामी विरोध मात्रै भइ रहन्छौं भने यहाँ क्रान्तिका नाममा पुस्तकहरु मात्रै छापिन्छन,क्रान्तिका नाममा रक्तिम फिल्म र सिनेमाहरु मात्रै चल्दछन तर जनताको अवस्था झन भयावह बन्न पुग्छ।प्रतिगामी शक्ति प्रत्यक्ष/अप्रत्यक्ष नेपालको राजनितीक वहावलाई दुर्घटनामा पार्न अनेकन शैलीले एम्बुस थापिरहेको परिस्थितिलाई मनन गर्दै स्थिर राज्य निर्माणमा हामीले समर्थन गर्नुको अर्को दोश्रो विकल्प नै छैन।

    पौने चार करोड नेपाली जनता भएको देशको झन्डै आधा करोड जनशक्ती हाम्रा युवाहरु खाडी पलायनको प्रारम्भले हाम्रो प्रधानता कमजोर भएको आभाष अत्यन्तै दु:खदायी छ; त्यसैको अन्त्यको लागि पनि हामी हाम्रा तिक्तता बाट बाहिर आएर यो देशको समृद्दिको उध्घोस र आत्मनिर्भर राज्य ,समाजवादमय नेपाल बनाउन हामिले बाम गठबन्धनलाई अहित हुने काम नगरौं र बाम गठबन्धनलाई बाम एकताले बनेको ऐतिहासिक नेपाल कम्युनिष्ट पार्टी बनाई हामी पनि चीन,उत्तर कोरिया र रसिया जस्तै कम्युनिष्ट मुलुकको रुपमा हाम्रो नेपाललाई स्थापित गर्न सफल रहयौं भने विस्तारवादका आँखा र साम्राज्यवादका खुट्टा लुला हुनेछन।अन्यथा विस्तारवादको टर्चर र साम्राज्यवादको हर्कतको खेलमा हामी रुमल्लिइरहनुपर्ने अवस्था आइरहन सक्छ।त्यति बेला प्राप्त उपलव्धी मात्रै समाप्त हुदैन हाम्रा आशा र भरोसाका एक फलामे जङ्गी पिल्लर ,नेपाल र नेपाली जनताको बर्तमान र भविस्य बोकेका क. प्रचण्डहरु कमजोर हुनेछन।क.प्रचण्डहरु कमजोर हुनु भनेको समृद्दी र समाजवादलाई मस्तिष्कघात हुनु हो।यसर्थ पनि हामिले प्रचण्डको अभियानलाई हमेसा समर्थन र सलाम गर्दै हामी र हाम्रो नेपाललाई समृद्ध राज्यको दिशा तिर धकेल्दै अग्रगामी छलाङलाई सार्थक बनाउँ भन्दै यी हरफहरुलाई यहि अन्त गर्दछु।सलाम जय देश,जय जनता,जय समृद्दी,जय समाजवाद

    - लक्ष्मण चौलागाईं
    ०५ मंसिर,सोमबार -२०७४
    मेलम्ची नगरपालिका -१;भोटेचौर,सिन्धुपाल्चोक
    हाल: काठमाडौं

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…