• विर्तामोड ९ माघ÷फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले विभिन्न ६ सुत्रीय माग राख्दै झापाका दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।
    संघका अध्यक्ष टेकबहादुर खजुम, महासचिव चन्द्र गिरी लगायतको टोलीले विर्तामोड र अर्जुनधारा नगरपालिका प्रमुखलाई विभिन्न ६ सुत्रीय माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् ।
    व्यवसायीले व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न माग गर्दै व्यवसायीले स्थानीय तहबाट कर सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्ने, स्थानीय तहबाट व्यवसायी संघको समन्वयमा उद्योगहरुको अनुगमन गरिनुपर्ने, फर्निचरमा जनशक्तिलाई स्थानीयस्तरमा आवश्यक सिपमुलक तालिमको व्यवस्था गरी दक्षजनशक्ति उपलब्ध गराउनुपर्ने, अन्य देशबाट कामदार ल्याउने कार्य बन्द गर्नुपर्ने तथा ल्याएमा निश्चित मापदण्ड पूरा गर्नुपर्ने, प्रतिबन्धित पुराना घरका काठहरु सहज रुपमा ओसार–पसारको वातावरण मिलाउनु पर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
    व्यवसायीहरुको ज्ञापन पत्र बुझ्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले राजनीतिक संक्रमण अन्त्य भएपनि प्रशासनिक संक्रमण अन्त्य भइनसकेका कारण नागरिकले अधिकार प्राप्त गर्न नसकेको बताउनु भयो ।
    संघ र प्रदेशबाट स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न ढिलाई भएकै कारण स्थानीय सरकारलाई काम गर्न असजिलो भएको बताउँदै नगरप्रमुख रानाले नीति नियम बन्ने क्रममा रहेकोले मागहरु सम्बोधन हुँदै जाने आश्वासन दिनुभयो ।
    प्यागोडा शैलीका सिल्पकला नेपालबाट चीन गएको स्मरण गर्दै प्रमुख रानाले नेपालमा सिप र कला मासिंदै गएको प्रति दुःख समेत व्यक्त गर्नुभयो ।
    सोक्रममा प्रमुख रानाले मजदुरहरुमा कामप्रतिको इमान्दारिता र लगाव हुनुपर्ने तथा व्यवसायीले पनि एउटा रुख काट्दा दुईवटा रुख रोप्नुपर्ने कुरामा सचेतना जगाउँदै जान पनि सुझाव दिनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…