• ५ मंसिर मंगलबार २०७४

    सर्वप्रथम अध्यक्ष प्रचण्डज्यु समक्ष साधार
    नमस्कार तथा लालसलाम ।
    गत सोमबार स्वर्गीय हुनुभएका क.प्रकाश दाहाल दाजुको अकास्मिक निधन भएको मा हार्दिक श्रद्धाञ्जली सहित दुख प्रकट गर्दछु । साथै उहाँको अात्माको चिर शान्ति काे कामना गर्दै प्रचण्ड ज्यू हजुरलाई यो पत्र लेख्दैछु । प्रचण्ड जू क. साकार ज्यु तपाईको पुत्र हुनुहुन्थ्यो । तर आज उहाँले तपाई लगायत हामिलाई समेत छाडेर संसार बाटै बिदा हुनुभएको छ । क. साकार हजुरको एकमात्र पुत्र हुनुहुन्थ्यो ।

    यो मेरो सानो पत्र हजुर सम्म अवस्य पनि पुग्नेछ भन्ने आशा लिएको छु । र तपाईले पढि यो पत्रमा लेखिएको शब्दलाई मनन गरिदिनु हुन्छ भन्ने पुर्ण आश पनि गर्दछु । प्रचण्ड ज्यु तपाईं ले एउटा पुत्र क. प्रकाश ज्यु लाई गुमाउनु भयो । तर उहाँ जस्तो लाखौं पुत्र प्रकाशहरू तपाईंको साथमा छौ भन्ने पनि अबगत गराउन चाहान्छु । र हजुरले अहिले तपाईको परीवारलाई र हाम्रो संगठनमाथी आईलागेको शोकलाई शक्तिमा बदल्दै हिम्मतका साथ अघि बढ्नु हुनेछ भन्ने आशा पनि गर्दछु । तपाईंको यात्रामा हामी लाखौं समर्थक सहभागी हुनेछौं । स्मरणीय रहाेस उहाँको अधुरो सपनाहरू पुरा गर्न हामि ज्यानको बाजी लगाएर भएपनि लामबद्व हुनेछौ ।

    प्रचण्ड ज्यु तपाईले आफुलाई एक्लाे महसुश गर्दै नगर्नुस् । किनकी, हिजो तपाईको एक बोलिमा ज्यानको बाजी लगाउन पछि नपर्ने लाखौ युवाहरु आजपनि तपाईकै साथमा छौ । हामी कालान्तर सम्म हजुरकाे यात्रामा त्याग ,तपस्या र बलिदानी दिन तयार छौ । हजुरको सपना जनतालाई आत्मनिर्भर र समृद्ध नेपाल बनाऊदै देशलाई समाजबादको बाटोमा अघि बढाउने हो । कतिपयले तपाईको बारेमा सामाजिक सञ्जालमा अालाेचना गरे बिराेध गरे । नयाँ कार्यको थालनी गर्नेहरुको समाजले आलोचना गर्छ । तपाई नआत्तिनुस् कमरेड, लाखौं क्रान्तिकारी र परिवर्तनकारी ब्यक्तिहरु तपाईको पक्षमा छौ । मात्र तपाई आफ्नो लक्ष र क. साकारको सपना पुरा गर्ने पथमा अघि बढ्नु होस् हामि साथ दिन तयार छौ ।

    यादव सुवेदी
    यु ए इ (दुबई ) ५ मंसिर मंगलबार २०७४

     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…