• बाहुनडाँगी । “नेपालमा युवायुवतीलाई कसरी उद्यमशीलता बनाउन सकिन्छ” भन्ने विषयमा वालिङमा प्रशिक्षण दिईएको छ । वालिङ जेसिजले प्रशिक्षणको आयोजना गरेको हो । कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरउपप्रमुख कल्पना तिवारीले युवाहरुको जमात जेसिजले समाज र राष्ट्रका लागी योगदान दिन सकिन्छ भन्ने पाठ यसले सिकाएको बताउनुभयो । जेसिजले राजनितिक दललाई समेत नेतृत्वका बारेमा ज्ञान प्रदान गरेको बताउनुभयो ।

    आरोप प्रत्यारोपमा रोमलिएको हाम्रो समाज र मुलुकलाई नेतृत्व गर्ने र छोटो समयमा उपलब्धीमुलक कार्य गर भन्ने ज्ञान जेसिजले प्रदान गरेको भन्दै यसको अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा वालिङ जेसिजका पुर्व अध्यक्ष दिपक लम्साल, देव बोगटी, नेपाल आर्दश क्याम्पसका प्रमुख होमकान्त गौतम, विद्यार्थी समिक्षा कोईरालालगायतले बोल्नुभएको थियो ।


    प्रशिक्षणमा नेपाल जेसिजका पुर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुलालले युवाहरुलाई कसरी उद्यमशीलतातर्फ आकर्षित गर्ने, आँफूमा भएको ज्ञानसिपलाई कसरी प्रयोग गर्दै थोरै पुँजीमा समेत सफल उद्यमी बन्ने, हामीले सञ्चालन गरिरहेको उद्योग व्यवसायलाई कसरी उचाईमा पु¥याउन सकिन्छ लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । शाखा अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा भएको प्रशिक्षणमा विद्यार्थी तथा युवाहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…