- कविता
बैरीहरु हाँसेका बेला
सास्तिहरु रमितिएका बेला
रक्तनदिहरु बगेको बेला
शाही रेडियोले आतंककारी घोषणा गरेका बेला
हामिले बैरी चिनिरहेका थियौ
संकटकाल लगाउदै टाउकाको मूल्य तोकेको बेला
बन्दी बनाउदै योद्धाहरु मारिएको बेला
हामिले आतंककारी को पनि चिनिसकेका थियौ
सहिदकी पत्नीले सेतो सारी लगाएको बेला
महान बिराङ्गनाको निधनले चेलिको चुरा फुटेको बेला
हामिले को हो जासुसी र सुराकी राम्रोसँग चिनेका थियौं
आज हामिले झन धेरै चिन्न पायौ
१७००० को खिल्ली उडाउने कमिना देखि
सहिद परिवारको धज्जी उडाउने लेन्डुप दोर्जे सम्म
हामिले नाम टिपिरहेका छौं
को हो त्यो कमिना
को हो त्यो सुराकी
को हो त्यो नवअवसरवाद
हामिले फोटो खिचिरहेका छौं
हिजोका अपराधीहरु
आजका महान क्रान्तिकारी भनिरहेकै बेला
हामिले बिराएका छैनौं
हामिले भुलेका पनि हैनौं
को हो त्यो बैरी
हामिले सोधेका पनि छैनौं
तर बोल्दै छ दुश्मन आज
मेरो नाम हो सुराकी
मेरो नाम हो जासुसी
१७००० बिराङ्गनाको रगत सुकेसी
हो रैछ को हो जासुसी
सामाजिक सन्जालमा खोजेपछी
हामिले चिन्यौ उसलाई
हामिले सुन्यौ उसलाई
उ आज खिल्ली उडाउदैछ सहिदको
अनि भन्दैछ १७००० किन मारेको ?
साक्षी छ गणतन्त्र
हामिले सोध्दै छौ कि
तिमी आज किन भुकेको
जासुसी र सुराकिको धर्मपुत्र
हामिले अझै पनि देख्दैछौ
को हो त्यो
जनयुद्धमा उम्किन सफल भएको
त्यही हो रक्तपिपासु
त्यही जल्लाद,अतिवादको जिज्ञासु
फेरि पनि सफाया हुदैछ अधर्मीको
अझै पनि आट गर्दैछौ
र भन्छौ १७००० लाई किन मारेको ?