काठमाडौ,१४ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विहान हुस्सु र आशिंक बादल लागेपनि आज दिनभरको मौसममा सामान्य सुधार देखिने जनाएको छ ।
महाशाखाले देशका पहाडी भेगमा आशिंक बदली भएपनि अन्य क्षेत्रमा भने आजको मौसम सामान्यतया सफा रहने जनाएको छ । पहाडी क्षेत्रका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाले विस्तारै मुलुकभरिकै मौसममा सुधार हुँदै जाने जनाएको छ ।
महाशाखाले देशका पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना र उच्च पहाडी क्षेत्रका केही स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले दिएको जानकारी अनुसार आज विहान ६ बजे काठमाडौ उपत्यकाको न्यूनतम् तापक्रम ४.१ डिग्री सेल्सियस मापन भएको छ ।
आज दिउँसो काठमाडौ उपत्यकाको अधिकतम् तापक्रम १८ देखि २० डिग्री सेल्सियसको बीचमा रहने महाशाखाको अनुमान छ ।