• बाहुनडाँगी । मनोहरा जेसीजको आयोजनामा ‘बाल संरक्षण धरोहर नेपाल’ का अनाथ बालबालिकालाई प्रेरणादायक एक दिने ‘क्रियट ह्यापीनेस’ सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
    मनोहरा जेसीज वर्ष २०१९ का अध्यक्ष रजनी थापाको अध्यक्षताम भएको तालिममा उक्त अनाथ केन्द्रका २६ जना बालबालिकाको सहभागिता रहेको थियो । बालबालिकालाई शाखाका निवर्तमान अध्यक्ष सागर भट्टले प्रशिक्षण दिएका थिए । उक्त केन्द्र विनिता अभर्यालद्धारा सञ्चालित छ ।
    तालिममा २६ जना बालबालीकालाई उज्याल
    ो भविष्यबारे प्रकाश पार्दै खुशी हुनका लागी पे्ररणा प्रदान गरिएको थियो । मनोहरा जेसीजको २० जना कार्यकारी पदाधिकारी तथा साधारण सदस्य सहितको उपस्थितिमा उक्त तालिम सम्पन्न भएको थियो ।
    त्यस्तै मनोरा जेसिजले खुशी साटासाट कार्यक्रम पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बाल संरक्षण धरोहर नेपालका बालबालीकाहरुलाई चाहिने विभिन्न सामाग्रीहरु कापी, कलम, चामल, आलु, सावुन ,सर्फ, ह्याण्ड वास, खेलका सामाग्री, हार्पीक, फिनेल, विस्कुट, चाउचाउ, सहित नगद पनि प्रदान गरिएको थियो । बाल बालिकाहरुलाई केक काटेर ह्याप्पी डे मनाइएको थियो । अन्तमा सबै बालबालीकाहरुलाई आफैले बनाएको खाना खुवाएर कार्यक्रम सम्पन्न गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…