• तेह्रथुम, १४ माघ । तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडाकी ११ वर्षीया बालिका संजिवनी कन्दङवालाई बल्ड क्यान्सर भएको छ । बल्ड क्यान्सर भएपछि संजिवनीको उपचारमा आर्थिक अभावले समस्या भएको छ ।

    पारिवारिक आर्थिक अवस्था कम्जोर भएकाले संजिवनीको उपचारमा समस्या भएको हो । चुहानडाँडामा रहेको शारदा माद्यामिक विद्यालयको कक्षा-६ मा अध्ययनरत संजिवनीलाई दुई महिना अघिदेखि बल्ड क्यान्सर भएको छ ।

    क्यान्सर पीडित बालिकाको उपचारार्थको लागि क्यान्सर अस्पताल भरतपुर चितवनमा राखिएको छ । बालिकाको उपचारको लागि हाल सम्म रू. ५ लाख रुपैयाँ खर्च भएको र थप उपचारका लागि अझै रू. २५ लाख रुपैयाँँ खर्च हुने पीडित बालिकाको बुवा लिङकन कन्दङवाले बताउनुभयो ।

    ‘अलिअलि भएको पैसा पनि उपचारकै क्रममा सकियो, अब छोरीको जीवनरक्षाका लागि म सँग कुनै उपाय छैन ।’ हाम्रोसवालसँगको कुराकानीमा भावुक हुदै पीडितले भने ‘हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु ।’

    क्यान्सर पीडित बालिकाको उपचारमा सबैले सहयोग गरिदिनु हुन भन्दै आठराई गाउँपालिका ६ नं. वडा कार्यालयले समेत सिफारिस गरेको छ ।



    आर्थिक अभावले छोरीको उपचारमा समस्या भएकाले पीडित परिवारले देश-विदेशमा रहेका नेपालीहरूमा सहयोगको अपिल गरेको छ ।

    सहयोगका लागि बालिकाका बुवा लिङकन कन्दङवा ९८४२५८९६०३, दुर्गादर्शन कन्दङवा ९८४२१४६९६२ वा हाम्रोसवाल डटकम (अमृत बास्तोला) ९८५२०६०९३८ मा सम्पर्क गरी सहयोग गर्न समेत अनुरोध गरिएको छ ।





सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …