सिन्धुली जिल्ला फर्से महादेवस्थान १ निवासी कर्म दाइ हजुर जहाँ भए पनि परिवारको सम्पर्कमा गैदिनुपर्यो? यद्यपि तपाईं जुनसुकै परिस्थितिमा हुनुहुन्छ ,अत्यन्तै चिन्तित तपाइको परिवारलाई भनिदिनुस कि म आराम कुशल छु।कोहि यस्तो बाध्यतामा पनि परेका हुन्छन,सारा सपना बोकेर खाडी गएर रित्तो हात स्वदेश फर्किन विवश अत्यन्तै दर्दनाक परिस्थितिहरु पनि……… यस्तै अवस्थामा भए पनि हजुरको त्यो सानो बाबु र परिवारलाई खबर दिनुस कि म ठिक छु या यस्तो अवस्थामा छु,जबाफ दिनुहोस कर्म दाइ तपाइको समस्याको समाधान गर्न आतुर आफ्नो मान्छेलाई आफ्नो कुशलता या अफ्ठ्यारा जए छन मेसेज पठाइदिनुस। तपाइले यी कर्म सिंह घ्लान दाजुलाई कतै देख्नुभएको छ ?देख्नुभयो या देख्नुभएको छ भने इनबक्समा यहाको डिटेल्स पठाइदिनुस है?साउदी बाट नेपाल आएको नौ महिना हुदासम्म पनि परिवारको सम्पर्कमा नगएकोले कतै केही भएर हो या यिनै महिला जो तस्वीरमा छिन,उनै सग पो हो कि भन्ने आशंकाले कतै शंकाको अभियुक्त भएर बस्नुभएको त होइन?जे भए पनि हजुरको शुभ समाचार सुन्न आतुर र तपाइको सम्पर्क बिहिनताले पिडामा छट्पटाइरहेको परिवारलाई सान्त्वना दिनुहोस है?कोहि कसैले उहालाई कतै देख्नुभयो भने तलको समपर्क भीम लामा तामाङजीको फेसबुक मेसेजमा इनबक्स गरि सहयोग गरिदिनुस है ??
+974 70088221 भिम लामा तामाङ
रातोकलम परिवार ०७ मङ्सिर; २०७४ विहिबा