८ मंङ्सिर २०१७
हल्लाकै भरमा नेपालको पुर्वी जिल्लाहरु पनि बन्द भए । बन्दकर्ता को हो भन्ने कसैलाई थाहा भएन तर बन्द भयो । यो परिवेश हेर्दा नेपाली जनतामा सुरक्षाको अनुभुति यो सरकारले दिन सकेको छैन । माओवादी जनयुद्धको विश्रामसंगै बन्दको विरोधमा ठुला ठुला कुरा गर्नेहरुको पनि यसपाली सास सुकेको जस्तो लाग्यो । बन्द कसैले गरेको होस वा नहोस तर चुनावको विपक्षमा रही खारेजीको माग सहित आन्दोलनमा रहेको नेकपाको गतिविधिले सबै क्षेत्र त्रसित रहेको र असुरक्षित अनुभुति गरिरहेको भने प्रस्ट भएको छ ।
प्रधानमन्त्री स्वयं पनि ५ मिनेट भाषण गरेर भागेको घटनालाई हेर्दा त नेपाल सरकार र त्यसका सञ्चालकहरुको नालायकीको नमुना प्रस्तुत भएकोछ । यस्ता सरकारबाट अब जनताले के आशा गर्ने । अब आफ्नो जिउधनको सुरक्षा आ आफै गर्नु को विकल्प देखिएन । सरकारलाई कर तिरेर चुनावमा भोट हालेर किन समय वर्वाद गर्ने सबैले सोच्ने बेला आएको छ ।