• बाहुनडाँगी । चारआली जेसीजको पाँचौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

    सन् २०१८ का अध्यक्ष रोहित दाहालले सन २०१९ का नवनिर्वाचित अध्यक्ष उत्तमप्रसाद पकुवाललाई जेसीज चेन लगाई पद हस्तान्तरण गरेका थिए । चारआली जेसीजका अध्यक्ष रोहित दाहालको अध्यक्षता तथा प्रदेश सभा सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । चारआली जेसीज सन २०१८ को उत्कृष्ट जेसीका रुपमा कार्यकारिणी उपाध्यक्ष विरबहादुर बेघा घोषित भएका थिए ।

    कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देल, अर्जुनधारा नगरपालिका वडा नम्बर १० का अध्यक्ष बलदेव सिंह गोम्देन, चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक जेसी बिर बहादुर बेघा बिरु तथा जेसीज आस्था लक्ष्मी सिग्देलले वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव सन्तोष न्यौपाने र शिक्षा घिमिरेले गरेका थिए ।

    चारआली जेसीज वर्ष २०१९ का लागि केही पदमा मनोनित समेत गरिएको छ । चारआली जेसीज वर्ष २०१९ को कार्यकारिणी उपाध्यक्षमा पुष्कर गुरागाई, सङ्गीत शिवाकोटी, कानुनी सल्लाहकार विकास निरौला, महासचिव सञ्जय निरौला, कोषाध्यक्षमा बिरबहादुर बेघा, सचिव टिकाराम रिजाल, तालिम संयोजक भोजराज पराजुली, उपाध्यक्षहरुमा मौसम खरेल, प्रविन पौडेल, सन्देश तिम्सिना र सुजुप सुवेदी चयन भएका छन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…