०९ मङ्सिर ,शनिबार (२०७४)
माननीय ज्यु सुरुमा नमस्कार, नेपालको राजनितिक बृत्तमा सुपरिचित नाम तपाइको नाम मैले बाल्यकालका तोते बोल्ने अवस्थाहरुदेखि सुनेको थिएं,टिन एजर हुदाका जनयुद्ध ताका पनि तपाइको रेडियो अत्यन्तै डर लाग्दो गरि बज्थ्यो,माओवादी योद्दा ढल्दा सबै भन्दा खुसी भरिएका आतंककारी भन्ने शब्द पनि तपाइको मुखबाट दस वर्षमा दसै वर्ष सुनियो।
त्यही आतंककारीहरुको महान बलिदान बाट नेपालमा लोकतान्त्रिक गणतन्त्र आयो त्यसपछी पनि तपाईं सिंहदरबारको सत्तामा पटक पटक पुग्नुभयो अनि हालसम्म पनि बर्तमान उपप्रधानमन्त्रीको रुपमा नेपाल सरकारको दायरा भित्र रहेर एउटा सरकार भित्रको सरकारको नमुना देखाउदै राज गर्दै हुनुहुन्छ ।
मकवानपुरको चिसो पानीले नेपाली राजनितीमा र नेपाल देशलाई के दियो र म अहिले यहाँ छु भनेर तपाइले कहिले सोच्नुभयो भनेर प्रश्न गर्न मन लाग्यो।श्री ५ को प्यारो पात्र तपाईले श्रीपेचको संरक्षणको लागि सक्षम आशा बन्दै गर्दा ६२/६३ सालको १९ दिने आन्दोलनले तपाइँ र तपाइको मालिकको शासन उड्यो र अझै थमाउन गाइका विज्ञापन द्वारा धर्मको राजनिती गर्न पुग्नुभएका तपाईं कमल थापाको नकारात्मक राजनितीक क्रियाकलापलाई सकारात्मक बनाउन तिर पो लाग्ने हो कि ?त्यसले र त्यो कुटनितिले तपाइको हित मात्रै नभै सबै मकवानपुरको समृद्दि भित्र्याइदिनेछ।तपाई दरवारको छोरा बन्न बढी रुचाउनुभयो अब मकवानपुरको छोरा बनेर नेपाली राजनितीलाई सघाउ पुर्याउनुस है?
प्रचण्डका एउटा छोरा मर्दा हजुरले दिनुभएको खुच्चिङ अभिव्यक्तीलाई तपाइले सन्चार मार्फत माफी माग्नुपर्यो किनकी प्रकाश दाहाल प्रचण्डको पुत्र मात्रै होइन महान जनयुद्दका जनयोद्दा हुन,उनी ढलेकोमा देश रोयो तपाईं खित्का छाडेर हास्नुभो,अनि हामी अझै सोच्न विवश भयौं,किन? सारा जनताको पिडामा असुहाउदो हासो हास्दै सत्र हजारको बलिमा तपाइको विशेष हात रहेको कुरा शाही इतिहासमा मनग्य समाचार पढियो माननीय ज्यु अब त्यस्तो पढ्नु नपरोस् ।
आजभन्दा अगाडिको तपाइको इतिहासले नेपाली जनतालाई केही दिएन अब अझै चोट माथी घाउ बनाइ नुन खुर्सानी खन्याउने काम सम्मानित सेतो दरवार बाट नहोस भनेर तपाइलाई हामी समय बर्बाद गरि गरि कलमका मसिहरु बगाउनु नपरोस् ।तपाइले प्रचण्डको छोरा मर्दा हास्नु,खिज्याउनु,खुसी हुनु या दु:खी हुनु हामीलाई मतलब छैन तर तपाइँ १७००० मारिदा अझै १७००० मारिए हुन्थ्यो र राजा र राजतन्त्र बाचिरहे हुन्थ्यो भन्नेले सहिदलाई श्रध्दान्जली त दिन परे न नै तर कोहि योद्धा र वीरहरु ढल्दा तपाइको मुखारबिन्दबाट जनतामा अप्रिय् हुने खालको स्ट्याटस सुन्नु नपरोस।धन्यवाद ।
भोटेचौर,सिन्धुपाल्चोकबाट