• बाहुनडाँगी । कमलनगर जेसीजको तेस्रोे पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसी आई सिनेटर महेश पौडेलको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।


    कार्यक्रममा निर्वाचित कार्यकारी उपाध्यक्ष नारायण बस्नेत, उपाध्यक्ष घनश्याम गुराँगाई, सन्तोस कडरिया, प्रेम सापकोटा, तिलोचन अधिकारी, तालिम निर्देशक नारायण कार्की जनसम्पर्क अधिकारी सुजु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएको जेसीजका संस्थापक अध्यक्ष रुपनारायण न्यौपानेले जानकारी दिए ।
    त्यसैगरी मनोनित सदस्यमा मुल संयोजक विष्णु लामिछाने, महासचिवमा रिजु कार्की कानूनी सल्लाकारमा तिलरुपा सुबेदी, सचिवमा भिम अधिकारी ,कोषाध्यक्षमा युवराज पाठक र प्रकरण निर्देशकमा हेम दाहाललाई मनोनित गरिएको संयोजक न्यौपानेले जानकारी जानकारी दिए । त्यसैगरी कमलनगर जेसीजलाई स्थापनाकाल देखिनै सहयोग गर्दै आएका कमलेस ठाकुरलाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो ।
    कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, नेपाल जेसीजका निरुपित कार्यकारीणी उपाध्यक्ष  रविन पोख्रेल,निरुपित  उपाध्यक्ष सुमन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…