०९ मङ्सिर २०७४ /रातोकलम सम्बादाता आफ्नो घर जग्गा जाल जेल गरेर अर्कैले बेची दिए पछि घर बिहीन हुन पुगेका पिडीत मान बाहादुर लिम्बुले न्यायको लागि पुन:अपिल गरेका छन् आज मिति ०९/०८/२०७४ का दिन एक पत्रकार सम्मेलनको आयोजना गरी पीडित लिम्बुले आफुलाई न्याय दिलाउन सबै संग अपिल गरका हुन्। पुर्ख्यौली घर तप्लेजुङ्ग थेचम्बु-४ मा रहेका लिम्बु केही वर्ष देखि ललितपुर इमाडोलमा घर बनाई बस्दै आएका थिए । आफुलाई घर ब्यबहार चलाउन खर्च आबश्यक परे पछि उनले आफुसंग भएको आठ आना जग्गा १५ लाख रूपैयाँमा बैंकमा धितो राखेका थिए, पछि छिमेकीले आफ्नै जग्गा साँधमा रहेको दुई आना तीन पैसा बेच्ने भए पछि उनले थप २० लाख रुपैयाँ ऋण लिए र दुई आना तीन पैसा जग्गा किने। जग्गा लिए पछि बीचमा थप ७ लाख आवस्यक परेकोले लिम्बुले चिनजानमा रहेका कुपन्डोल निबासी बिनोद बाहादुर खड्कासंग सल्लाह गरे तर ऋण लिन खड्काले दुई आना तीन पैसा जग्गा आफ्नो नाममा राजीनामा गरिदिन अनुरोध गरे पछि लिम्बुले पनि खड्काको विश्वासमा परी आफ्नो नाममा रहेको दुईआना तीन पैसा जग्गा फिर्ती कागज बनाई राजीनामा पास गरि दिए, ऋण चुक्ता गर्न बैंकले ताकेता गर्न थाले पछि सोहि धितोमा रहेको आठआना जग्गा बेचेको , सोहि पत्रकार सम्मेलनमा लिम्बुले बताए। बैंकको ऋण तिरे पछि बाकीरहेको ७६ लाख खड्काले केहीमहिनाको लागि ऋण स्वरुप चलाउने भने पछि कपाली तमसुक गरेर चलाउन दिएको उक्त आयोजित पत्रकार सम्मेलनमा लिम्बुले बताए। सर्त बमोजिम फिर्ता नगरे पछी लिम्बुले पटक पटक सम्पर्क गर्न खोज्दा खड्का सम्पर्कमा नआएको र उल्टै खड्काले धाक धम्कि दिएको हुँदा अन्यामा परेको पिडित लिम्बुले प्रसाशन समकक्ष पुगेको बताए ।
प्रेस बिज्ञप्तिको पुर्ण अश यस प्रकार छ