• ११ मङ्सिर( सोमबार),२०७४

    कोशी अनि गण्डकि सुस्ताको चिन्ता छ
    हाम्रो होइन भविस्यका पुस्ताको चिन्ता छ !!
    बेचियका कलकारखाना कर्णालीको चिन्ता छ
    कस्तो बनाउने मेरो देशको प्रणालिको चिन्ता छ !!

    मिचियका भुभाग अनि महाकालिको चिन्ता छ
    भ्रस्टाचारि गुन्डागर्दी तस्कर जालिको चिन्ता छ !!
    उजाड बनेका खेतवारी किसानको चिन्ता छ
    मेरो देशको सास्कृतिक पहिचान निशानको चिन्ता छ !!

    गरिव दुखी निमुखा तिनै जनताको चिन्ता छ
    बिदेशमा बेचिने कान्छी र कान्छाको चिन्ता छ !!
    रोइ रहेका कालापानी लिपुलेकको चिन्ता छ
    छाउपडी बोक्सी प्रथा त्यही बिभेदको चिन्ता छ !!

    परदेशमाछु साधै आफू जन्मेको देशको चिन्ता छ
    आफ्नै धर्म रितिरिवाज भासा भेषको चिन्ता छ !!
    लुटियका ती जंगे पिल्लर र खोलिको चिन्ता छ
    हराउदै गयको मौलिकता गुन्यु चोलिको चिन्ता छ !!

    अराजकता हुन्छ कि कतै युद्धको चिन्ता छ
    वैरिद्वारा खोसिन्छन कि कतै बुद्धको चिन्ता छ !!
    दन्ते लहर फिजाइ हांस्ने हिमालको चिन्ता छ
    संसारको जुनै कुनामा पुगु नेपालको चिन्त छ !!

    खगेन्द्र रबिन सुद्दबेदी
    बानपा १४ नारायणस्थान

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…