• देबु बानियाँ
    बाहुनडागी । पोखरा लेडी जेसीजले वर्ष २०१९ को जनवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गर्न सफल भएको छ ।
    नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थ अवार्ड’ बाट क्षेत्र ‘ख’ अन्तरगत जनवरी महिनाको उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेको छ । शाखाले व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा गरेको गतिविधिको आधारमा पहिलो महिनमै यस क्षेत्रबाट पोखरा लेडी जेसीजले यो अवार्ड प्राप्त गरेको छ ।
    शाखाको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले यो अवार्ड प्रदान गर्दै आएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले क्षेत्र ‘ख’ बाट उत्कृष्ट शाखाको रुपमा पोखरा लेडी जेसीज छनोट भइ उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको बताउनु भएको छ ।
    शाखाले उत्कृष्ट अवार्ड प्राप्त गरेपछि शाखा अध्यक्ष सपना गिरीले नेपाल जेसीजप्रति आभार व्यक्त गर्नु भयो । साथै उहाँले यो अवार्डले शाखालाई थप हौषला प्राप्त भएको बताउनु भयो । शाखालाई उत्कृष्ट बनाउन साथ र सहयोग गर्ने शाखाका पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…