• २०७४ मंसिर १०

    नेपालमा जनयुद्ध ले पुर्ण विजय हाँसिल गर्न नपाई यसको मुख्य नेतृत्वमा देखिएको विचलनले गर्दा हिँजोको कयौँ परिवर्तनका रहर, इक्षा, सपना र सम्भावनाहरु पैतालाले कुल्चिएर समाजमा रहेको अनेकखाले शोषण, विभेद, अन्याय र अत्याचार ज्युँका त्युँ रहिरहदा, जनयुद्धमा प्रत्यक्ष परोक्षरुपमा संलग्न बहुसंख्यक जनताहरु अझै पिडामा छट्पटाई रहेको अवस्थामा र पुँजीवादले नयाँ रुपमा आफ्नो शोषण लाद्दै गर्दा देशमा फेरि एउटा निर्णायक वर्गसंघर्ष अर्थात मुक्तियुद्ध हाम्रो अगाडि आवस्यकता बनेर उभियो।

    लगभग क्रान्तिको दियो निभ्नै लागेको बेलामा र क्रान्तिकारीहरु शिथिल भएर उठ्न सक्दैनन भनेर पुँजीवादका जल्लादहरु विजय उत्सव मनाइरहेको बेला, उनिहरुको होस हवास उड्ने गरि नेपालमा एउटा नया प्रक्रियाको थालनी भयो र क्रान्तिकारीहरु एउटा नयाँ ध्रुवमा ध्रुवीकृत हुन थाले जसको पहलकदमी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ले गर्यो, अनि फेरि ती तमाम धमिलिएका अधुरो परिवर्तनका सपनाहरु अचानक वर्षात पछि बादल फाटेर रातम्मे भएको धर्तीजस्तै प्रकाशमय बन्न पुग्यो। सुरुमा त ती साम्राज्यवाद र विस्तारवादका दलाल र तिनिहरुका जुठो खाँदै तिनीहरुको इशारामा मध्यपान गरेर नशामा लठ भएको एउटा जँडिया झैँ भएर होस हवास गुमाएर तिनीहरुको नुनको सोझो गर्ने हरु विप्लवलाई विभिन्न प्रपञ्च रच्दै सिङ्गो पार्टी प्रतीनै विभिन्न शंका उपशंका उब्जाएर हुर्किन लागेको क्रान्तिको गला निमोठ्न अनेकन खाले दुष्प्रयास नभएका पनि होइनन। तर सबै चुनौती, आरोह अवरोहहरु पार गर्दै पार्टी एउटा क्रान्तिकारी छवि र अस्तित्व कायम गर्न सफल भएको छ। अझै चुनाव बहिस्कार सम्म आउँदा परिस्थिती अर्कै बन्न पुगेको छ। लाग्छ अब क्रान्तीको गति अझै बढेको छ, जनता राज्यसत्ताको बिकल्प खोज्न अघि बढिसकेका छन, नेपाली राजनीती स्पष्ट रुपमा २ ध्रुवमा बिभक्त भएको छर्लङ्ग हुन्छ। यसले प्रतिक्रियावादीहरुको गिदिमा ट्युमर उमृन सक्ने खतरा पैदा गरेको छ।
    यसै परिवर्तनको महान यात्रामा आँफैलाई समाहित गर्दै काठमान्डू बाट उच्च शिक्षा हाँसिल गरेर आफ्नो गृह जिल्ला फर्केर राजनीतिमा सकृय हुँदै अखिल क्रान्तिकारी झापाको संयोजक एवम केन्द्रीय सदस्य हुँदै, संघर्षको मैदानमा कृयाशिल हुँदै शान्ती प्रकृयामा आएर माओवादी आन्दोलनका लागि ऐतिहासिक ९ महिने झापा कारागार बसाइ संगै आफ्नो जिम्मेवारी पूरा गर्दै पनि आइयो। यसबिचमा मेरा राजनीतिक प्रेरणाका पात्र पुर्व जनमुक्ति सेना का वृगेडियर एवम तत्कालिन राष्ट्रिय युवा जनस्वयमसेवकका महासचिव कमरेड विवस किराँती संगको सहकार्य र संगत मेरा लागि अविस्मरणीय क्षण बन्न पुगे। साथै संगै जेल मोर्चामा सरिक हुने कमरेड पुष्प एवम आदिवासी नेता कमरेड चमनलाल जी हरु संगका ती क्षणहरु त्यो बेलाको टर्चर र अनेकौँ पीडा कष्ट भन्दा कयौं यादगार छन।

    यसै क्रममा व्यक्तिगत जीवनका पाटा र समस्याहरु मुख्य बनेर मेरा अगाडि विभिन्न परिस्थितिको सिर्जना हुँदै गयो, र करिब आधा करोड नेपाली जनताको जस्तै दुरावस्था भोग्दै वैदेशिक रोजगारका लागि मरभुमीको सागरमा वर्ग संघर्ष को नयाँ मोर्चामा समाहित हुँदै दुबई आइपुग्न बाध्य भैयो। यहाँ आएपछी पुँजिवाद र श्रमजिवी जनता बिचको अन्तरसंघर्श, यहांको बिकास, यहाँको सभ्यता, संस्कृती आदि इत्यादी अध्ययन गर्दै करिब ३ महिना बित्दैछ यो लेख लेख्दै गर्दा। हुन त वहु संख्यक नेपालीको जस्तो दुख, कष्ट त भोग्नु परेको छैन आजको दिन सम्म आइपुग्दा, तर पनि आफ्नो देश, त्यहाँका जनता, अनि त्यहाँको आफ्नो धरातलले बोलाएझैँ लाग्छ, तानेझैँ लाग्छ। समग्रमा भन्नू पर्दा माटोले मुक्तियुद्धमा पुकारेझैँ लाग्छ। अनि फेरि आफ्ना केही समस्या, बाध्यता अनि बिवसताहरुले आइय्या गर्नेगरी चिमटिदिन्छ अनि म झस्किन पुग्छु।

    यहाँको भौतिक सुख सुविधा अनि मनोरञ्जन सबै मिथ्या झैँ लागेर आउँछ, भ्रम हो भनेर मानसपटल ले भनिरहन्छ देश लुटिइरहँदा त्यसको चित्कारले राती निन्द्रा खलबलाउँछ। अनि गहिरो सोचाईमा डुब्दै भविस्य प्रती झन धेरै चिन्ता, वर्गिय जिम्मेवारी पूरा गर्न नसकेको पहाडझैँ बोझले गर्ल्याम्मै थिच्छ। र एउटा अनौठो खालको डर मनमा पैदा हुन्छ- कतै मेरो जीवन जिवनको उर्जाशिल समय यहि मरभुमीको विचमा खाली आर्थिक उपलब्धीक लागि संघर्ष गर्दा गर्दै बित्ने त होइन? छि कति तुच्छ मान्छेको जीवन जो केवल आर्थिक उपलव्धी भन्दा माथी उठ्न सक्दैन? कतै देशमा उठ्दै गइरहेको वर्गसंघर्षको यात्राबाट म छुट्ने त होइन? कतै मेरो समाज, छरछिमेकी अनि आफन्तहरु संगको माया, सामिप्यता र मित्रतामा खलल पुग्दै म केवल एउटा ढुंगे युगको आदि मानव् जस्तै एक्लिने त होइन?

    यि र येस्तै विभिन्न प्रश्न अनि विचारहरुले मेरो मानसपटलमा ड्यांग ड्यांग फायर खोल्दा खोल्दै अचानक मेरो मोवाइलमा डिउटी जाने बेला भएको संकेत गर्दै अलार्म बझ्न पुग्छ र झस्किँदै म उठेर नित्य कर्म तिर लाग्छु, एउटा नया सपना र नया जोश जाँगरले भरिपुर्ण ज्यान अनि जिम्मेवारीले लैश काँध लिएर आफ्नो कार्यस्थल प्रस्थान गर्छु, र यो क्रम निरन्तर दोहोरीरहन्छ, वस दोहोरिरहन्छ। साभार  janakhawar

    -झापा, नेपाल
    हाल: दुबई

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…