२०७४ मंसिर १०
कल्पनामा रात बित्यो फेरी
सुर्योदयो भयो मान्छेहरु
दिनचर्यामा लागे ।
सधैजसो दिनरातमा बदलियो
तर तिम्रो अत्तोपत्तो लागेन
बाटो हेर्दै यि आँखाहरु थाँके।
मात्र तिमी आएनौँ।
तिमी आउथेऊ पनि कसरी
यि आँखा अगाडी तिमी खरानी भयका हौँ।
तिमी मौन थियौँ तर दुनियालाई रुवाई गयका हौँ।
ति दिनहरु मात्र यादमा रहे।
पोखिएको पानी धेरै भयझै।
तिम्रो मृत्युपश्चात दुनिया तिम्रा अवगुण र सत्गुण
छुट्याउन लाग्यो।
तर मलाई कुनै टिप्पणी गर्न मन लागेन।
बस् केहि शब्दहरु लेख्न मन लाग्यो।
आखिर चर्चा र बद्नाम दुवै मरेपछि पाईने
उदाहरण तिम्रो मृत्युले एकचोटी फेरी दियो।
तिमीले बनाउन लागेको बाटो
कतै यत्तिकैमा सिमीत त हुदैन्?
कता कता शंकालु प्रश्न उठ्न थाल्यो
प्रवाशी काजी
लक्ष्मण चौलागाईं