• उर्लाबारी । माउण्ट एभरेष्ट सेवा समाज नेपालले मोरङको रतुवामाईका एकघरमा ५ जना अपाङ्गता भएको परिवारलाई आर्थिक सहयोग सहित खाद्यन्य लत्ताकपडा र ओड्ने ओछ्याउने समाग्री सहयोग गरेको छ । तुलशीराम ढुङ्गना र सृजना ढुङ्गनाको परिवारलाई पाँच थान सिरकडसना, अपाङ्गताभएका छोराछोरीको लागि पाँच थान ज्याकेट, ४ बोरा चामल,१ वोरा दाल, भुजा तेल र चाउचाउ सहयोग गरेको हो । सो परिवारलाई नगद ६ हजार पनि माउण्ट एभरेष्ट सेवा समाजले हस्तान्तरण गरेको छ ।

    संस्थाका अध्यक्ष इन्द्रबहादुर कटुवाल,उपाध्यक्ष शोभा क्षेत्री, सचिव इश्वरीप्रसाद रेग्मी,कोषाध्यक्ष प्रमिला भेटवाल,सदस्य फुर्वा तामाङ,मुस्कान तामाङ लगायतले सो समाग्री संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा माउण्ट एभरेष्टका सदस्य तथा शुभेच्छुकहरुको भव्य उपस्थिती रहेको थियो । खाद्यन्यको समाग्रीका लागि आरति टेड्रस धनकुटा सिधुवाबाट अनिशजंग सौजन्य गर्नुभएको थियो । कार्यक्रमको सन्चालन पत्रकार तेजन खड्काले गर्नुभएको थियो । सहयोगले जिवन यापनमा सहजता पुगेको ढुङ्गना दम्पत्तीले बताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…