काठमाडौँ, ११ मंसिर २०७४ । अर्जुन जम्नेली राई
मोरङ । दोस्रो चरणको निर्वाचन नजिँकीदै गर्दा नेपाली कांग्रेसले मोरङ ३ नम्बर क्षेत्र अन्तरगतको पथरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीषक राजन कार्कीको तुरुन्त सरुवा गरेर आफ्नो प्रभाव देखाउने प्रयास गरेका छन् ।
मोरङ पथरीशनिश्चरे नगरपालिकाको स्थापित पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ र वडा अध्यक्ष बाबुराम लिम्बूवीच आन्तरिक द्वन्द्व रहेको थियो । धनकुमार तामाङ एमालेबाटै उद्योग वाणिज्य संघको अध्यक्ष जितेका थिए ।
एमालेका पुराना कार्यकर्ता समेत रहेका तामाङले नगरपालिकाको १ नम्बर वडा अध्यक्षको उमेद्वारी दावी गरेका थिए । उमेद्वारी तामाङलाई नदिएर बाबुराम लिम्बूले टिकट पाएर वडा अध्यक्ष जिते । तामाङ टिकट नपाएपछि बागी उमेद्वार उठेर मतपरिणामको हिसावले दोस्रो भएका थिए ।
स्थानीय तहको निर्वाचनपछि माद्यक पदार्थ सेवन गरेर युवाहरुलाई हप्काएको आरोपमा वडा अध्यक्ष बाबुराम लिम्बूले प्रहरीमा उजुरी दिएर सार्वजनिक मुद्धा दर्ता गराएका थिए । बाहालवाला उद्योग वाणिज्य संघका अध्यक्ष तामाङलाई अपराधिकै दर्जामा कस्टडीमा केही हप्ता थुनेर कारबाही गरेका थिए । कारबाहीपछि धनकुमार तामाङ एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरे ।
पथरी चौककै आमने सामने घर भएका धनकुमार तामाङ र बाबुराम लिम्बूवीच फेरी शनिवार साँझ घरै अगाडि दुई पक्षवीच झगडा भएको थियो । दुई पक्षको झगडापछि प्रहरीले लिम्बू पक्षका दुई जनालाई पक्राउ गरेका थिए । सुरक्षाको लागि वडा अध्यक्ष बाबुराम लिम्बूलाई समेत इलाका प्रहरी कार्यालय पु¥याइएको थियो ।
प्रहरी कार्यालय लगिएका वडा अध्यक्ष बाबुराम लिम्बू सहितको टोलीलाई नेपाली कांग्रेसले मुद्धा दर्ता गर्नुपर्ने, मदिरा पिएको विषयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने धनकुमार तामाङ अर्थात नेपाली कांग्रेस पक्षले प्रहरीलाई दबाव दिएका थिए । अगाडिको मुद्धा पर्दा उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङलाई प्रहरी इन्स्पेक्टर राजन कार्कीले मदिरा सेवन गरेको भन्दै स्वास्थ्य परीक्षण गर्नुको साथै रार्वजनिक मुद्धा दर्ता गरेर कारबाही चलाएका थिए । प्रहरीले तामाङलाई मुद्धा दर्ता गराउने र अपमान जनक व्यवहार गर्न वडा अध्यक्ष लिम्बूको हात रहेको तामाङ पक्षको बुझाइ रहदै आएको थियो ।
पछिल्लो घट्नामा वडा अध्यक्ष बाबुराम लिम्बूलाई मुद्धा दर्ता नगर्नुको साथै स्वास्थ्य परीक्षण समेत नगराई छाडिएको भन्दै आइतबार नेपाली कांग्रेसले पथरी बजारमा विरोध प्रर्दशन गरेका थिए । प्रहरी प्रमुख राजन कार्कीले एमालेको मात्र काम गरेको भन्दै विज्ञप्ति प्रकाशन गरी कारबाहीको माग गरेका थिए । विरोध जुलुस गरेको भोलिपल्टै इन्स्पेक्टर कार्कीलाई आज(सोमबार) कोशी अञ्चल प्रहरी कार्यालय सुनसरी धरान पठाएको बुझिएको छ ।
कांग्रेस नेताको दवावमा प्रहरी प्रमुखको तत्काल सरुवा गरिएको स्थानीय कांग्रेस नेता केशव दुलालले बताए । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव निरीक्षक राजकुमार बस्नेतले प्रनि कार्की आजै साँझ अञ्चल प्रहरी गएको बताए । प्रनि कार्कीको सरुवापछि नेपाली कांग्रेसले सार्वजनिक रुपमै प्रनि कार्कीको सरुवा आफूहरुले गरेको बताउन थालेका छन् । निर्वाचनको मुखैमा भएको प्रहरी प्रमुखको सरुवा प्रतिष्ठाको विषय बनेपछि मंगलबार(मंसिर १२) गते वाम गठबन्धनले पथरी बजारमा जनप्रदर्शन गर्ने भएका छन् ।