• काठमाडौँ, ११ मंसिर

    नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक क्रान्तिको खाँचो रहेको बताउनुभएको छ ।

    संयुक्त वाम गठबन्धनद्वारा शंखरापुर नगरपालिका–५ स्थित इँटाखेलमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले नेपालमा लामो समयदेखि भइरहेको राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र भएको बताउँदै अब यसलाई संस्थागत गर्ने र जनताको आर्थिक पहुँचलाई विकास गर्नुपर्ने बताउनुभयो ।

    पूर्वप्रधानमन्त्री नेपालले देशमा भएका साधन र स्रोतलाई व्यवस्थित गर्ने र सही परिचालन गर्ने दृष्टिकोण वाम गठबन्धनसँग भएको बताउँदै आगामी निर्वाचनमा जनताले सोही गठबन्धनलाई बहुमत दिएमा पाँच वर्षभित्रमा नेपाललाई सम्पन्न राष्ट्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवारसमेत रहनुभएका नेता नेपालले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा स्थानीय, प्रदेश र केन्द्रको समन्वय हुनुपर्ने औँल्याउँदै स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अब प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

    नेकपा (माओवादी केन्द्र) का पोलटब्युरो सदस्य प्रकाश गौतमले देशलाई विकासोन्मुख राष्ट्रबाट विकसित मुलुकमा पु¥याउन आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै औद्योगिक क्रान्तिका माध्यमबाट देशलाई समृद्ध राष्ट्र निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो । (रासस)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …