• काठमाडौँ, ११ मंसिर

    मोरङ । पूर्वी नेपालको नौ जिल्लालाई लिम्बुवान राज्यको माग गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन(मिराक)को टोली ताप्लेजुङदेखि भोजपुरको दिङ्लासम्म साँस्कृतिक टोली सहितको चुनावी सभा समापन गरेर गाउँ पसेका छन् ।

    कार्तिक १८ गते ताप्लेजुङ्गबाट गायक कलाकार विनोद खम्बू लगायतका कलाकारहरु सहित अध्यक्ष कुमार लिङदेनको टालीले अभियान सुरु गरेका थिए । टाली पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, ताप्लेजुङ, संखुवासभा र मंसिर २ गते भोजपुरको दिङ्ला पुगेर राष्ट्रिय अभियान समापन गरेको मञ्चका महासचिव अशोध चेम्जोङ लिम्बूले बताए । अध्यक्ष लिङ्देन प्रदेशसभाको समानुपातिक उमेद्वार रहेका छन् । चुनावी अभियानपछि अध्यक्ष लगायतको टोली विभिन्न जिल्लाको गाउँगाउँमा हुने अभियानमा सहभागि भइरहेका छन् ।

    मञ्चका महासचिव अशोक चेम्जोङ मोरङ—१ नम्बर क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका घनश्याम खतिवडा, नेपाली कांग्रेसका डिगबहादुर लिम्बू र संघीय समाजवादी फोरमका राजकुमार पालुङ्वासँग चुनावी स्पर्धामा छन् ।

    केन्द्रीय उपमहासचिव भागिराज लिम्बू मोरङ—३ मा वाम गठबन्धन(एमाले पोलिटब्यूरो) भानुभक्त ढकाल, नेपाली कांग्रेसका सुनिल शर्मा, संघीय समाजवादी फोरमका केदार धिमाल लगायतसँग भिड्दैछन् । चुनावी प्रतिस्पर्धाको लागि आफ्नै क्षेत्रमा व्यस्त मञ्चका महासचिव अशोक चेम्जोङले भने ‘जनताले हाम्रो मुद्धालाई भोट दिन्छन ।’ प्रत्यक्ष उमेद्वार दिएर मैदानमा रहेका केन्द्रीय नेताहरु घरदैलोमा व्यस्त रहेको उनले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …