• हुम्ला, १२ मंसिर  ।

    तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ ।

    सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले राससलाई बताउनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा चालक दलका तीन सदस्य घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।

    विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा थियो । थप विवरण आउन बाँकी छ । रासस

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …