• दमक,२९ माघ । हाम्रो दमक डटकमका सम्पादक विष्णु सुब्बा पर्यटन पत्रकारिता पुरस्कारवाट सम्मानित हुने भएका छन् । होटल व्यवसायी संघले प्रदान गरिआएको पर्यटन पत्रकारिता पुरस्कारबाट झापा, दमकका पुराना पत्रकार सुब्बा सम्मानित हुने भएका छन् । पर्यटन,प्रर्वद्धनमा कलम चलाउने एक जना पत्रकारलाई संघले गतवर्षदेखि सम्मान गरिआएको छ ।

    संघले भोलि फागुन १ गतेदेखि शुरु हुन लागेको खाद्यपरिकारसहितको पर्यटन महोत्सवको उदघाटनमा पत्रकार सुब्बालाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागिएको संघका अध्यक्ष राजन दंगालले बताए ।

    सोहि अवसरमा संघले संघका पूर्वअध्यक्षहरुसहित दमक गोरखा किचनलाई समेत सम्मान गर्ने भएको अध्यक्ष दंगालले वताएका छन् । पूर्वअध्यक्षहरु गंगा सिटौला, शिवप्रसाद पोख्रेल,कृष्ण धिमाल, निर्मल गुरुगं र गोरखा किचनलाई समेत सम्मान गरिने संघले जनाएको छ ।

    भोलि शुरु हुने पाचौ फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटनमा पत्रकारसहित होटल व्यवसायीहरुलाई सम्मान गरिने कार्यक्रम रहेको संघका वरिष्ठ उपाध्यक्ष सुधिर प्रधानले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…