• बाहुनडाँगी । म्याग्दी जेसीजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    मंगला माध्यमिक विद्यालय मंगला गाउँपालिका–२, बावियाचौर, म्याग्दीमा सम्पन्न शिविरमा विद्यार्थी, शिक्षक तथा अतिथिहरुको गरी करिब ३ सय भन्दा माथिको आँखा परिक्षण गरिएको थियो । ३ जना विद्यार्थीहरुको आँखा समस्या देखिएका कारण आँखा उपचार केन्द्र म्याग्दीमा रिफर गरिएको थियो ।
    नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न शिविरको उद्घाटन मंगला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले आँखा जाँच गर्ने प्राविधिकलाई औजार हस्तान्तरण गरेकी थिइन् ।
    शाखा अध्यक्ष खमबहादुर थापाको सभापतित्व तथा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठको विशेष आथित्यतामा सम्पन्न कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले गरेका थिए ।  स्वास्थ्य शिविरको संयोजक सुन्दर कडेँल रहेको कार्यक्रमको सञ्चालन महासचिव सन्दिप खत्रीले गरेका थिए । ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…