• उर्लाबारी । सामाजिक सन्जालमा उर्लाबारी–२ का नारायणप्रसाद भट्टराईको उपचारको लागि ‘बुवाको उपचारका लागि सफारी चालउदै छोरी’ शिर्षकमा समाचार आएपछि काठमाडौंमा फेसबुक चलाईरहेका उर्लाबारी–२ का युवा नेता भिम थापा निक्कै भावुक बने । थापाले घटनाबारे बुझ्दै सहयोग गर्ने र बचाउ अभियानमा सक्दो लागि पर्ने प्रण गरे ।
    थापाले तत्काल नगद ५ हजार सहयोग गरेका छन् ।
    बुवाको उपचारका लागि सफारी कुदाएको पढेपछि आफू भावनात्मक बनेको र घरयासी खर्च कटौती गरेर उपचारका लागि केही हदसम्म सहयोग होस् भनेर आफ्नो तर्फबाट सानो सहयोग गरेको थापाले बताए । अम्बिकाको यो अवस्था देखेपछि थापाले उनको समस्यामा सबैले साथ दिन आग्रह समेत गरेका छन् । थापाकै पहलमा अहिले बिभिन्न ठाउँबाट सहयोग जुटिरहेको छ । थापा भन्छन्, राजधानीमा ब्यस्तका बाबजुद पनि उहाँको उपचारको लागि सबैमा सहयोगको लागि हारगुहार गरिरहेको छु । अहिले भट्टराईलाई सहयोग जुटिरहेको छ । सहयोग जुट्दा खुशी लागेको उनले बताए । सामाजिक काममा सक्रिय काठमाडौंमा रहेका उर्लाबारीकै युवा  रोशन तिम्सीना, इनरुवा हाल काठमाडौं रहेका सुवाष दहाल लगायतका युवाहरु पनि सहयोग गर्दै सक्रिय रुपमा लागिरहेका छन् ।

    लिभरमा समस्या भएपछि थला परेका नारायणको उपचारका लागि चिकित्सकले एक लाख रुपैयाँ पर्ने १२ वटा सुई २२ दिनको अन्तरमा लगाउँदा रोग ठिक हुने बताएका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…