• मोरङ २०७४ मङ्सिर १३ 

    नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा संयोजक समेत जितेका मोरङ पथरीशनिश्चरे नगरपालिका—४ का गोविन्दबहादुर भण्डारीले आफूले कांग्रेसको भोट नमागेको स्पष्टिकरण दिएका छन् ।

    पार्टीको तर्फबाट ४ नम्बर वडा संयोजक समेत रहेका भण्डारीले वाम गठबन्धनका उमेद्वार विरुद्ध मोरङ—३ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उठेका सुनिल शर्माको भोट मागेको भन्दै सामेबार आफ्नै कार्यकर्ता बीरबहादुर कार्कीले कुटपिट गरेका थिए ।

    घरबाट वडा कार्यालय जाने क्रममा वडा संयोजक भण्डारीलाई माओवादी केन्द्रकै वडा सहसंयोजक कार्कीले कांग्रेस उमेद्वार शर्माको भोट मागेको भन्दै कुटपिट गरेका थिए । सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमाले पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल उमेद्वार रहेका छन् ।

    कुटपिटपछि विराटनगर स्थित नोबेल अस्पतालमा उपचारपछि भण्डारी आज पथरी आएर पत्रकार भेटघाटको आयोजना गरी आफूले नेपाली कांग्रेसलाई भोट नमागेको बताए । आफू वाम गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…