2017-11-29
खाडी मुलुकमा काम गरि खाने मजदुरहरु मात्रै हुन्छन् र उनीहरु दुख गर्न र ट्वाइलेट सफा गर्न मात्र योग्य हुन्छन् भन्ने जस्ता भ्रम चिर्ने एक उदाहरण हुन कतारमा कार्यरत नन्द ढुंगाना । लामो इतिहास छ उनको कतारमा । कहिले काहीँ कतारका अङ्ग्रेजी पत्रिकाहरुले उनको जीवन र कथालाई समेट्ने गर्छ । पछिल्लोपटक मात्रै गल्फ टाइमले उनको जिन्दगी र उनको संघर्ष बारे लेखेको छ ।
उनी समाजमा एउटा परिचयले मात्र परिचित छैनन् । उनले पनि अरु मजदुरले जस्तै काम गर्छन् कतारमा तर उनको काम गर्ने शैली र उनको तरिकाले सबै प्रभावित हुने गर्छन् ।
सबै भन्दा पहिला उनी को थिए नेपालमा भन्ने कुरा नै चासो नै विषय बनिदिन्छ । उनले सरकारी स्कूलबाट २०५७ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेर त्यो बेलामा शिक्षण पेशा गर्न सुरु गरे । शिक्षण पेशा गर्दा गर्दै उनी भित्र एउटा राजनीतिक चेतनाको लहर आयो र त्यस पश्चात नेकपा एमालेको भातृ सङठन प्रजातान्त्रिक राष्ट्रिय युबा संघ (प्ररायु संघ) नेपाल नयाँ गाउँ गाबिसबाट गाउँ पार्टी कमिटी सदस्यमा निर्वाचनको माध्यमबाट आफुलाइ स्थापित गरे । त्यसको अर्को वर्ष २०५८ सालमा उनलार्इ पार्टीले संगठित सदस्यताका लागि फारम भरायो र त्यो बेला नेकपा एमालेका सङगठित सदस्य संख्या जम्मा ८० हजार मात्रै थिए। उनको आफ्नै गाबिसस्थित देउपुर प्राविमा केही समय शिक्षण पेशा सम्हालेका उनी विद्यालयमा सरकारी दरबन्दीमा केही बिबाद भएसँगै उनी काभ्रेबाट काठमाडौं बस्ने र आफ्नो पढाई अगाडी बढाउने निधो गरेर राजनीतिक यात्रालाई त्यहीँ स्थगित गरे ।
काठमाडौंमा ५ वर्षको बसाइँसगै २०६४ सालमा रोजगारीको सिलसिलामा कतार आएका उनको भाग्य चम्कियो । सुरुका दिनहरुमा कतार सरकारबाट २ पल्टसम्म कतारकै उत्कृष्ट पहिलो कम्पनीको अवार्ड पाएको कम्पनिमा सामान्य मजदुरको रुपमा काम गरिरहे र त्यसको साथसाथै कतारबाटै उनले युकेको कोर्स National examination board of safety and health (UK) NEBOSH ) यही कतारको ईन्स्टिच्युटबाट पूरा गरे । उनको ल्भ्द्यइक्ज् गर्ने समयमा विश्व भरका परीक्षार्थी मध्य जम्मा ८ प्रतिशत विद्यार्थीलाई मात्रै NEBOSH युकेले पास गर्थो। तर उनको निरन्तर मेहनतले होला ६२ प्रतिशत मार्क सहित उनी उत्तीर्ण हुन सफल भए । उक्त कोर्समा पास भएसँगै अर्को कोर्स सुरुवात गरे । Industrial Health, Safety and Environmental Diploma को । उक्त डिप्लोमा पनि ७२.५ प्रतिशतसहित मार्क सहित उनले शैक्षिक ईतिहास रच्दै पास गरे ।
उनको अध्ययन र शैक्षिक विषयले रचनात्मक सफलता हासिल गर्दै गर्दा कतार पेट्रोलियम भित्र कम्पनीले लिएको प्रोजेक्टमा HSE Officer का लागि उनले लिखित परीक्षा पनि दिए । उक्त परिक्षामा विभिन्न देशबाट आएका र डाइरेक्ट bachelor of engineering गरेका धेरै फेल भए तर उनले यहाँ पनि ईतिहास रच्न पुगे र नेपालीको बौद्धिक स्तरलाई विश्वसामु चिनाउन सफल हुँदै सो परीक्षामा ८२ प्रतिशत ल्याएर पास भए । त्यसको लगतै उनले आफ्नो कम्पनी र विभिन्न Client बाट Appreciation Award पाए । अन्तिम समयमा गल्फ टाइम्समा उनको सफलताको स्टोरी बनाएर प्रकाशित भएको थियो । कतारमा मजदुरी गर्दा गर्दै उनले हासिल गरेका उपलब्धिहरु धेरै छन् जो सामान्य आम मजदुर जो कतार मात्र होइन खाडीमा मात्र नभै विश्वभर काम गर्नेहरुका लागि अनुसरणको पात्र हुन सक्छ ।
उनको यो शैक्षिक प्रगति मात्र होइन उनी समाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । उनी दिनको १४ घण्टा काम गर्छन् । काम उनको अफिस सम्हाल्ने हो । दैनिक रुपमा ५ घन्टा भन्दा माथी सुत्नै नपाएको उनी सुनाउँँछन् । तर पनि आत्मसन्तुष्टि जति काम गर्दा नि झनै खुशी मिल्ने भएकाले काम गर्न ज्यादै मेहेनत गर्न मन लाग्ने उनको भनाइ छ । जति नै कामको ब्यस्तता भएपनि २०१३ मा हामीहरुले नेपाल सरकारको समाज कल्याण मन्त्रालयमा दर्ता गरिएको विश्व ब्यापी सामाजिक सँस्था मातृभुमीका लागि युवा अभियान नेपालू नामक सस्थाको स्थापना गरियो र म उक्त सँस्थाको सँस्थापक केन्द्रिय सचिब पदमा थिए । छोटै समयमा नेपालको १२ जिल्ला र विदेशको १३ देशमा सँस्था स्थापना गरि समाज सेवाका लागि काम सुरु गरेको ढुंगाना बताउँछन् । सो सँस्था नेपाल सरकारको समाज कल्याण मन्त्रालयमा दर्ता गरिएको हुँदा कुनै पार्टी विशेषसंग साटगाठ थिएन । एकवर्ष अगाडी काभ्रे जिल्लाबासीहरुको विशेष पहलमा कतारमा काभ्रेपलान्चोक सेवा समाज कतार स्थापना भएको र उक्त सँस्थाको जिम्मेवारी अध्यक्ष पद उनले सम्हाले । त्यसपछि उनले निरन्तर रुपमा सँस्थालाइ अगाडी बढाए जसमा उनका जिल्लाबासीहरुको एकतालार्इ एकीकृत गरेर समाजमा त्यो शक्तिलाई सकारात्मक तबरले प्रयोग गरिएको थियो ।
अन्तिम समयमा सामाजिक सँस्था मातृभुमिका लागि युबा अभियान नेपाल र नयाँ शक्ती पार्टीबीचमा कार्यगत एकता भयो र नयाँ शक्ती नेपालमा उनको सामाजिक सँस्था नेपालबाटै दर्ता भएकाले सँस्थाका ११ जनाको केन्द्रीय परिषद सदस्यमा नाम प्रकासित भयो । जसमा उनको नाम पनि केन्द्रिय सदस्यमा आएको थियो । तर उनले सो पदलार्इ कहिलेपनि समर्थन गरेनन्। म कम्युनिस्ट आन्दोलनबाट आफुलार्इ राजनीतिक यात्रामा उभ्याएको हुँदा सदैब नीतिगत र कार्यगत रुपमा आफुलार्इ त्यहाँबाट टाढै रहन मन लाग्यो । आफु राजनीतिकबाट टाढा भएको जानकारी आज पनि दिन चाहन्छु उनको भनाइ छ ।
नन्द प्रसाद ढुंगाना एउटा चरीत्र पात्र मात्र हुन् । यसरी नै बिदेशमा दुख गरिरहेका नेपाली हरुका लागि उनी एक अनुशरणको पात्र हुन सक्छन ।