• शान्तिराम बस्नेत
    शिवसताक्षी ।  झापाको शिवसताक्षी नगरपालिका ११ झिलझिलेमा इन्जिनियरिङ क्याम्पस स्थापना हुने भएको छ । झिलझिलेमा रहेको गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले इन्जिनियरिङ क्याम्पस स्थापना गर्न लागेको हो ।
    क्याम्पसको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले शिलान्यास गरेका हुन् । उक्त क्याम्पसको २४ कोठे ३ तले भवन आउँदो ३ बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष सन्तोष कुमार मेन्याङ्बोले बताए । उनले शिलान्याससंगै भवनको निर्माण कार्य तत्कालै सुरु गर्ने समेत बताए । नेपाली राजनीतिका लौहपुरुषको रुपमा परिचित गणेशमान सिंहको सम्मानार्थ झापामा प्रतिष्ठान स्थापना गरेको अध्यक्ष मेन्याङ्बाले बताए । प्रतिष्ठान २०५६ मा स्थापना भएको थियो । प्रतिष्ठानको नाममा झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गसंगै जोडिएको साढे १२ बिघा जमिन छ । सो जमिनमा प्राविधिक शिक्षालय, अस्पताल, खेलमैदान, बाल उद्यानलगायत निर्माण गर्ने लक्ष्य राखेको प्रतिष्ठानका अध्यक्ष मेन्याङ्बोले जानकारी दिए ।
    प्रतिष्ठानले गणेशमान सिंह पोलिटेक्निक कलेज स्थापना गर्न लागेको हो । प्रतिष्ठानले आफ्नो नामको जमिनमा शिक्षालय, अस्पताल, खेलमैदान र बाल उद्यान निर्माणका लागि गत बर्षको फागुनमा सप्ताहव्यापी पुराण आयोजना गरिएको थियो । पुरानबाट साढे तीन करोड रुपैया संकलन भएको थियो । सोही रकमले शिक्षालयको भवन निर्माणको काम थालेको अध्यक्ष मेन्याङ्बोले बताए ।
    शिक्षालय निर्माणका लागि केन्द्रीय र प्रदेश सरकार समक्ष पनि आग्रह गर्ने प्रतिष्ठानका कोषाध्यक्ष गणेश प्रधानले बताए । भवन निर्माणका लागि ७ करोड ९० लाख १४ हजार ५ सय २१ रुपैयाको लागत स्टिमेड निकालेको उनले बताए । बजेट अभाव रहेकाले प्रतिष्ठानले आफ्नै निगरानीमा भवन निर्माणको काम थालेको प्रधानले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…