•  30/11/2017

    चितवन । दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारलाई लक्षित गरेर देशका विभिन्न भागमा विष्फोट भईरहेका बेला चितवनको पर्सा बजार नजिक भने नक्कली बम भेटिएको छ ।
    निर्वाचन प्रचार अभियानले तीव्रता पाईरहेका बेला पर्सा बजार नजिक भेटिएको नक्कली बमका कारण विहिबार विहान करिव ३ घण्टा पूर्वपश्चिम लोकमार्ग समेत अवरुद्ध भएको हो ।
    पर्सा बजार नजिक रहेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कार्यालय र सोही स्थान नजिक रहेको बाम गठबन्धन निर्वाचन परिचालन कार्यालय अगाडि भेटिएको २ वटा शंकास्पद बस्तुले स्थानियलाई केहीबेर त्रसित बनाएको थियो ।
    उक्त शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा बिहीबार बिहान करिब ३ घण्टा पुर्वपश्चिम लोकमार्ग अबरुद्ध भएको हो । शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा सवारी साधन तथा यात्रुलाई क्षति हुनसक्ने भन्दै प्रहरीले सवारी आवागमनमा रोक लगाएको थियो ।
    उक्त शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ र दुईवटै बस्तु बम नभएको सेनाले जनाएको छ । नेपाली सेनाको भरतपुरस्थित दि फेमस महेन्द्र दल गणबाट खटिएको सेनाको टोलीले उक्त नक्कली बम निष्क्रिय पारेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…