१४ मंङ्सिर २०७४
खोई कुन्नी आज छोरो किन टाढिदै छ?
हिजो सम्म मेरो गुन्युको छेउ समातेर हिड्दा नथाक्ने छोरो आज म बाटै टाढा जान खोज्दै छ
हिजो सम्म मेरो हात समातेर तातेताते गरेको छोरो आज म बाट टाढा हुन खोज्दै छ।
आमा तिमी बिना मेरो संसार शुन्य छ भन्ने छोरो आज मलाई नै औशीको कालो रात देख्दै छ
तिम्रो बुढेसकालको सहारा म हु नी आमा भन्ने छोरो आज बृद्दाआश्रम खोज्दै छ
तिमी नै मेरो घर संसार भन्ने छोरो अरू नै सहारा खोजीदिदै छ।
साक्षात् सृष्टीकर्ता भगवान देख्ने छोरो आज मलाई बोक्सी देख्दै छ
खोई कुन्नी आज छोरो किन टाढिदै छ ?
तिम्रो आशिरवाद बिना मेरो सफलता छैन भन्ने छोरो आज असफलताको कारक देख्दै छ
साइतको बेला आमाको आशिरवाद लिएर हिड्ने छोरो आज अलच्छिनी देख्दै छ।
खोई कुन्नी आज छोरो किन टाढिदै छ??
तिमी बिना घर मसानघाट भयो भन्ने छोरो आज मलाई नै किचकन्नी देख्दै छ
मेरी जननी,मेरो प्राण भन्ने छोरो आज घरको घांडो देख्दै छ।
संसारकी सुन्दरी आमा देख्ने छोरो आज संसारकै कुरूप देख्दै छ
धन्य मलाई संसार देखायौ आमा भन्ने छोरो आज मैले दिएको जन्मलाई दोषि मान्दै छ।
चौबिसै घन्टा आमा आमा भनेर नथाक्ने छोरा आज आमा शब्दलाई नै घृणित मान्दै छ।
खोई कुन्नी आज छोरो किन टाढिदै छ?
फेरी पनि बृद्दाश्रम खोज्दै छ ।
- सम्पूर्ण आमाहरूमा समर्पित
देभी काफ्ले
सैनामैना 4 मुर्गिया