१४ मंङ्सिर २०७४
पथरी । मोरङ ३ नम्बर क्षेत्रको नेपाली कांग्रेस उमेद्वार सुनिल शर्माले फरक फरक सैलीमा निर्वाचन आचारसंहिताको दुहाइ दिदै आएका छन् ।
बिहिबार पथरीमा खिरको भोज र नगद वितरण गरेर आचारसंहिता उलंघनको घट्ना दोहो¥याएका हुन । पथरीशनिश्चरे नगरका बृद्धाबृद्धालाई सम्मानको नाममा पथरी चोकमै करिव दुई सयभन्दा बढी जनालाई खिर वितरण गरेकाहुन् ।
उमेद्वार शर्मा आफै उपस्थिति भएर बृद्धबृद्धालाई खिर वितरण र यातायात खर्चभन्दै नगद समेत वितरण गरेका हुन् । बृद्धबृद्धाहरुलाई पहेलो खादा लगाइदिदै उमेद्वार शर्माले नोवेल अस्पतालले उपचार समेत निशूल्क गरिदिने बताए ।
शर्माले कहिले अस्वभाविक हिसावको स्वास्थ्य शिविर चलाएर, कही विद्युतको पोल वितरण गरेर, कही सडक ग्रावेल र पिच गरिदिएर त कतै सडक निर्माणको लागि डोजर दिएर आचारसंहिताको उलंघन गर्दै आएका छन् । विहिवारै पथरीशनिश्चरे—७, किरात चौकमा निशुल्क सडक निर्माण गरिदिएर आचारसंहिता उलंघनको घट्ना बढाएका छन् ।
निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयल प्रमुख प्रेमप्रसाद संजेलले उमेद्वार शर्मालाई कार्यालयमै बोलाएर स्पष्टीकरण लिएको, ३ नम्बर क्षेत्रीय कार्यालयले तारिका राखेको बताए । यद्यपि निर्वाचनको निर्देशन र स्पष्टीकरणलाई वेवास्था गर्दै शर्माले भने निरन्तर आचारसंहिता उलंघन गर्दै आएका छन् ।
प्रयोजनको लागि निशूल्क स्वास्थ्य शिविर चलाएको भन्दै उजुरी परेपछि विशेष अदालत पाटनले शिविर नचलाउन आदेर जारी गरेको छ । केही दिन अघि सोही क्षेत्रको कानेपोखरी गाउँपालिकामा विद्युतको पोल झारेको, पथरीशनिश्चरे, बेलबारी नगरपालिका लगायतका विभिन्न वडाहरुमा सडक निर्माण समाग्रि वितरण लगायतको संहिता उलंघनको काम छाडेका छैनन् । शर्माले आचारसंहिता उलंघन गरेको प्रति वाम गठबन्धनले विरोध जनाउदै आएका छन् ।