• बाहुनडाँगी । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल जेसीजका विभिन्न शाखाहरुले मंगलवार साँझ दीप प्रज्वलन गरेका छन् । आफ्नो शाखाको नजिक रहेका बजार र चोकमा भेला भएर शाखाका पदाधिकारीहरुले प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेका हुन् । झापाको धुलाबारी चोकमा मंगलबार साँझ धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, धुलाबारी जुनियर जेसीज सहित एम्नेष्टी ईन्टरनेशनल समुह २२ र युथ नेटवर्क धुलाबारीले संयुक्त रुपमा दीप प्रज्वलन गरी प्रजातन्त्र दिवस मनाएको मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु खनालले जानकारी दिनु भयो ।

    प्रजातन्त्र प्राप्तीका लागि सहदश प्राप्त गरेका शहिदको सम्झना र प्रजातन्त्रको मुल्य नबिर्सन सरकार र राजनितिक दलहरुलाई खबरदारी गर्न दीप प्रज्वलन गरिएको धुलाबारी जेसीजका अध्यक्ष केशब पोखरेलले बताउनु भयो । देशभरका करिब ५० वटा भन्दा धेरै शाखाले विभिन्न जिल्लामा मंगलवार साँझ दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष अनिल भेटवाल, मेचीनगर लेडी जेसीजका अध्यक्ष मञ्जु खनाल, धुलाबारी जेसीजका अध्यक्ष केशब पोखरेल र धुलाबारी जुनियर जेसीजका अध्यक्ष जान्वी दाहालले प्रजातन्त्र दिवस सबैले उल्लासका साथ मनाउनु पर्नेमा जोड दिएका थिए ।
    यसैगरी, बाँके जिल्लाको कोहोलपुर जेसीजले पनि प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । शाखा अध्यक्ष संगिता पौडेल, निवर्तमान अध्यक्ष बुद्धि थापालगायतका शाखाका विभिन्न पदाधिकारी तथा विभिन्न सामाजिक संघ संस्थाको सहभागितामा दीप प्रज्वलन गरिएको हो । यसैगरी, विर्तामोड जेसीजले पनि मंगलवार साँझ दीप प्रज्वलन गरेको शाखा अध्यक्ष विशाल थापाले बताए । यता चारआली जेसीजले पनि प्रजातन्त्र दिवसमा चारआली बजारमा दीप प्रज्वलन गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…