१५ मङ्सिर २०७४ मोरङ ।
केराबारी गाउँपालिका—१० स्थित फेवा सेकेण्डरी बोर्डिङ स्कुल आयोजना गरेको पहिलो डान्सिङ आइडलको उपाधि सिनियरतर्फ कस्तुरी र जुनियरमा सजनाले हाता पारेकी छन् ।
हिजो (विहिवार) भएको ग्राण्ड फिनालेमा १०० जना प्रतिस्पर्धालाई उछिन्दै जुनियरतर्फ सजना लिम्बू र सिनियर तर्फ कस्तुरी भण्डारी फेवा पहिलो आइडलको क्राउन लगाउन सफल भएकी छन् ।
लिम्बू सोही विद्यालयको युकेजी र भण्डारी कक्षा १० मा अध्ययरत छात्रा हुन् । आइडलको लागि दुवैतर्फ सय भन्दा बढीले प्रतिष्पर्धा गरेका थिए । फाइनलमा सुनियरमा छ र सिनियरमा ८ जनालाई मञ्चमा उतारिएको थियो । फाइनल राउण्डमा दर्शकको ३० र निर्णायकको ७० प्रतिसत मतको आधारमा कस्तुरी र सजनाले आइडलको उपाधि चुमेका छन् ।
जुनियर तर्फ कक्षा ४ कि सारीका मगर दोश्रो र नाम्सेमि लिम्बु तेश्रो भएका छन् । सिनियरतर्फ नेहा राई र प्रतिक्षा परियार क्रमस दोश्रा र तेश्रो भए । आइडलमा छनौट भएका पहिला दोश्रो र तेश्रोलाई कार्यक्रमका प्रमुख अतिथी शिक्षाविद् टेकवहादुर थपलियाले शिरमा क्राउन, ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए ।
विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा रहेको प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने उदेश्यका साथ १० महिना अघिवाट सुरु गरिएको सो आइडल छनौट भएको थियो । अइडलको अडिसनमा दुवैतर्फबाट सय भन्दा वढी नृत्यकार विद्यार्थीहरुले भाग लिएका थिए ।