• झापा, फागुन १२ ।
    साना किसान सहकारी संस्थावाट नगद चोरी भएको छ । झापाको गौरिगञ्ज १ स्थित सो सहकारी संस्थावाट लेखापाल कमलादेवी लिम्वुको टेवलको घर्रामा राखिएको २ लाख ८ हजार नगद फागुन ८ गते राति चोरी भएको सो सहकारी संस्थाका निवर्तमान अध्यक्ष तिलकप्रसाद सिंह राजवंशीले वताए । सदस्यलाई कर्जा प्रवाह गर्न वैक वाट भुत्तानि लिएको ४ लाख मध्ये २ लाख ८ हजार चोरी भएको उनले वताए । ‘अन्य नगद लगानि गरिएको थियो’, उनले भने ।
    सो सहकारी संस्थाको मुल ढोका देखि भित्रि घर्रा सम्म हरेक चावी सहकारीका कर्मचारी संग हुन्छन । कार्यलयका प्रवन्धक गंगाप्रसाद ढुँगाना, लेखापाल कमलादेवी लिम्वु र कार्यलय सहयोगी वत्तिका विक संग सहकारीका चावि रहने गरेको संस्थाका निवर्तमान अध्यक्ष राजवंशीले वताए । उनले भने, ‘सहकारीका अन्य सवै कागजात जस्ताको त्यस्तै रहनु र नगद मात्र चोरिनुले घटना रहस्यमय वनेको छ ।’
    सहकारी संस्थाका अन्य सदस्यका अनुसार कर्मचारी संग रहेका चाविले घटना पछि पनि कार्यलय र नगद राख्ने घर्राका ताला खुलेको र वन्द भएको छ । सहकारी संस्थाको निवर्तमान समितिले चोरीको घटना रहस्यमय वनेको भन्दै ईलाका प्रहरी कार्यलय झिलझिलेमा उजुरी दिएका छ । यस्तै संस्थाका ८ सय ३२ सदस्य मध्ये ३४१ सदस्यको हस्ताक्षर सहितको निवेदन पनि नगद गायव प्रकरणको निश्पक्ष छानविनको माग गर्दे ईलाका प्रहरी कार्यलय झिलझिले प्रहरीमा दर्ता भएको छ ।
    यसैविच संस्थाका पदाधिकारीले भवन निर्माण मा अनियमित्ता गरेको भन्दै सदस्यले आपत्ति जनाएपछि गएको मंसिरमै पदावधी सकिएको सहकारी संचालक समिति पुर्न गठन हुन सकेको छैन । मंसिरमा भएको साधरण सभाको वन्दसत्रमा भवन निर्माण प्रकृयामा अनियमित्ता गरेको भन्दै वहुसंख्यक सदस्यले रोष्टम घेरेपछि सभाको वन्द सत्र स्थगित भएको थियो । सभाले छानविन गर्ने एक समिति गठन गरेपनि सो समितिले अहिले सम्म प्रतिवेदन नवुझाएका कारण संस्था काम चलाउ समितिको मातहतमा संचालन भईरहेको स्थानिय सदस्यले वताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…