• आर पोखरेल, काठमाडौं,
    सर्वाधिक लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा सजिएको डान्सिङ गीत ‘मुहारै राम्रो ’गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित आफनै छायाँले गीतमा समावेश भएको अर्को सर्वोकृष्ट गीत बजारमा आएको हो ।
    आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको हसिलो मुहार र नशालु आखाँको कारण प्रणय सुत्रमा बाँधिन सफल भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
    अमेरिकामा बसोबास गरिरहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङको गीतमा शब्द तथा गीतमा राजेश थापाको संगीत रहेको छ । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको एरेन्ज साहस शाक्यले गरेका हुन । गीत जति उत्कृष्ट छ, भिडियामा पनि उतिकै प्रस्तुत गरिएको छ ।
    रोनिश तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देश भिडियोमा रहेको छ । ‘मुहारै राम्रो ’ गीतमा एकान्त मगर र खुशिका मग्ररातीको फिचरिङ रहेको छ ।
    ‘मुहारै राम्रो ’ गीतको भिडियो हेर्नुहोस ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…