१६ मङ्सिर २०७४ रातोकलम सम्बादाता
विगत चौतिस वर्ष देखि नेपाली बामपंथी राजनितीमा संघर्ष रत महिला नेतृ कल्पना योङ्हाङ लिम्बू भन्छिन पिछडा,उत्पीडित र शोषित महिलाहरुको उद्दार र सुशासन अनि समृद्दिका खातिर मैले मेरो उम्मेद्वारी दिएकी हुं।
मैले यस प्रदेश सभाको निर्वाचनमा समानुपातिक तर्फबाट काठमाडौं तीन नम्बर क्षेत्रबाट विजयी हात पारेंभने त्यो जीत यहाका आम महिलाको जीत हुनेछ।
राजनिती देखि उद्योग ,व्यावसाय सम्म मैले उतिकै भुमिका निर्वाह गरेकी छु र मैले मेरो उद्योगमा करिब २०० भन्दा बढी महिलाहरुलाई आत्मनिर्भर बनाउन सकेसम्म प्रयास गरेकी छु र बढ्दो बेरोजगारी महिलाहरुको जिविकोपार्जन प्रती पनि म उतिकै चिन्तित छु र भैरहनेछु।
आधा धर्ती ओगटेका महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने मेरो पहल लाई म निरन्तरता दिने नै छु भने राजनितिक बृत्तमा मेरो विजय भयो भने मैले समग्र आम दाजुभाइ दिदी बहिनीहरुकै हीतमा मेरा जिम्मेवारीहरुलाई विशेष प्राथमिकता साथ उपयोग गर्नेछु ।